Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सज्जा चौलागाई र कृष्ण श्रेष्ठको गीत ‘मनमाया’ सार्वजनिक


  • बिहिबार, फाल्गुन १२ २०७८

  • सज्जा चौलागाई र  कृष्ण श्रेष्ठको गीत  ‘मनमाया’ सार्वजनिक

    काठमाडौं – प्रतिभाशाली युवा गायक कृष्ण श्रेष्ठ र गायिका सज्जा चौलागाईको युगल गायनमा रहेको ‘मनमाया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
    प्रेमिल शैलीको यस गीतमा बीबी थापाको शब्द रहेको छ भने किशोर खतिवडाको संगीत रहेको छ। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा सिवन श्रेष्ठ, अस्मिता बिक , रोहित र सुहानाको अभिनय रहेको छ। अरुणले छायाँकन गरेको भिडियोलाई सिल्भर शाइन इन्टरटेन्मेण्ट सम्पादन गरेको हो। विजय अमात्यको निर्देशनमा भिडियो तयार पारिएको हो। हाइलाइटस नेपालको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।
    सानै देखि सांगीतिक माहोलमा हुर्किएका गायक श्रेष्ठका बुवा बिभिन्न विधाका गुरु हुनु हुन्थ्यो। गायक श्रेष्ठले बुवा संगै हार्मोनियम बजाउने सिकेका थिए। औपचारिक रुपमा हाल त्रिभुवन विश्वविद्यालयबाट गायनमा मास्टर्स गरिरहेका श्रेष्ठले यसअघि भजनको एल्वम सार्वजनिक गरिसकेका छन् । भजन , आधुनिक , लोक र गजल गरेर ३० भन्दा बढी गीतहरुमा गायक श्रेष्ठले आफ्नो स्वर दिइसकेका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij