Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लोकगायक जयनन्द लामाको नयाँ गीत सार्वजनिक


  • बुधबार, माघ २६ २०७८

  • लोकगायक जयनन्द लामाको  नयाँ गीत सार्वजनिक

    काठमाडौं–  ख्यातिप्राप्त लोकगायक जयनन्द लामाले दुई दशक लामो अन्तरालपछि मौलिक लोकगीत गाएर सार्वजनिक गरेका छन्। लामाले महाभार लेकको जंगलमा याला बोलको लोकगीत हालै आप्mनै युट्यबमार्पmत सार्वजनिक गरेका हुन्।
    गायक लामाकै शव्द र संगीत रहेको लोक गीत उनका साथमा दीपा लामाले गाएका छन्। बाबु जिम्बा, आरबी लामा, दाबा फिन्जो तामाङ, शशिकला मोक्तान र अञ्जु थोकरले जयनन्द र दीपालाई समूह गायनमा साथ दिएका छन्। लोकगीतमा संगीत संयोजन छेवाङ तेन्जिङ लामा र मिक्सिङ कारसाङ लामाको रहेको छ।
    छम छम नाच्न मिल्ने गीतमाथि आकर्षक भिडियो पनि तयार पारिएको छ। ल्होसारको अवसर पारेर सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा कलात्मक र सांस्कृतिक नृत्य प्रस्तुत गरिएको छ। इन्द्र गुरुङद्वारा निर्देशित म्युजिक भिडियोमा गायक स्वयं जयनन्द लामाका साथमा डोमा ह्योल्मो, दाब फिन्जो तामाङ, बाबु जिम्बा, श्याम माया गुरुङ, सकु तामाङ र कोरस कलाकारले नृत्य गरेका छन्। सेवा फिल्म्स्को दृश्य निर्माण र सुरेन्द्र थिङको निर्माणमा बनेको म्युजिक भिडियोको छायांकन मरुभूमि नारायण र सम्पादन बाबु जिम्बाले गरेका छन्।
    ‘यो मैले ३०÷४० वर्षअघि नै संकलन गरेको गीत हो। जो पहाडी र हिमाली श्रृंखलाको बिचमा बस्ने सम्पूर्ण नेपालीको पूरानो र मौलिक परम्परागत गीत हो’ गीतका बारेमा जानकारी दिँदै गायक लामाले भने ‘यो कुनै जात विशेषको गीत नभई ती भेकमा हरेक चाड पर्वमा पुर्खादेखि अहिलेसम्म पनि नाच्दै गाइने गीत हो। लगानीकर्ताको अभावमा त्यतिखेर संकलन गरेको गीत अहिले आएर पार्टनर खोजेर र आपै“mले पनि लगानी गरेर गाएको हुँ। यसरी संकलन गरेका विभिन्न भेकका मौकिल र परम्परागत गीत मसँग अरु पनि छन्, जो दैनिक रेकर्ड गरेर पनि बाँचुञ्जेल गाएर सकिन्नं।’
    पाँच दशकअघि गायन यात्रा शुरू गरेका लामाले लोक गीत, दोहोरी गीत, गीति नाटक गरी दुई सय बढी गीत गाएका छन्। गायक लामाले पछिल्लो समयमा फिल्मी अभिनयमा लोकप्रियता कमाईरहेका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij