Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘जीवन त्यागी’ को म्युजिक भिडियो सार्वजानिक


  • सोमबार, भाद्र २८ २०७८

  • ‘जीवन त्यागी’ को म्युजिक भिडियो सार्वजानिक

    काठमाडौं– नेपालमा रक गितसंगितको आगमन र यस्को म्युजिक भिडियोहरु बन्ने होड अझै पनि तिव्र गति मै भइरहेको छ । विभिन्न बिधाका गितसंगितका साथ साथै रक गित संगितको पनि प्रभाव र चर्चा परिचर्चा उत्तिकै छ । यिनै रक गितसंगितको भिडमा बिगत करिब २०–२५ बर्ष देखि युवाहरु माझ चर्चा कमाउदै आयेको ब्यान्ड the brigade boys को नयाँ गित ‘जीवन त्यागी’ को म्युजिक भिडियोसहित सार्वजानिक भएको छ । स्वर्गीय अग्निराज ओझाको शब्द संगित रहेको येस गितको म्युजिक भिडियोमा एक युवा जो कुलत र कुसंगतमा फसेर आफ्नो जीवनलाई बिनासको बाटो तर्फ लगेको कथा बस्तुलाई दर्सायेको छ । ब्यान्डका सदस्यहरुमा भोकल र गितारमा दिपक कुमार डंगोल, लिड गिटारमा रोजिन मिश्र, बेस गिटारमा निरन बुद्धाचार्य र ड्रम्समा अनिल बज्राचार्य छन् । मुख्य कलाकार श्याम शिल्पकार अभिनय रहेको यस म्युजिक भिडियोका सम्पादक माधब बेलबासे हुन भने यस्का छांयाकार र निर्देशक अमृत सुनुवार हुन ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij