काठमाडौं– वरिष्ठ गीतकार बी पाण्डे संगीतकर्मी सम्मानबाट सम्मातित भएका छन् । रिवन इन्टरटेन्मेन्टको ७ औँ बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको “राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ ” बाट सम्मानित गरिएको छ। गीतकार पाण्डेलाई उक्त कार्यक्रममा प्रमुख अतिथी, गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपती परमानन्द झा, विशेष अतिथि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारी, विशिष्ट अतिथि नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द र आयोजक रिवन इन्टरटेन्मेन्टका सि। ई। ओ। तथा निर्देशक निशु कान्त झाले संयुक्त रुपमा सम्मानित गर्नुभएको छ ।
१५० भन्दा बढि गीत लेखी सक्नु भएका पाण्डे दुई दशकदेखी गीत सृजनामा सक्रिय रहेका छन् । लोक, पप, आधुनिक, चलचित्र, गजल, राष्ट्रिय भाव लगायतका विधामा कलम चलाउँदै आएका छन् ।
उनी विभन्न अवार्ड तथा सम्मानबाट सम्मानित भइसकेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
