Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरियोग्राफर अश्विनीलाई प्रथम उप-राष्ट्रपति बाट ‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान’


  • मंगलबार, भाद्र १५ २०७८

  • कोरियोग्राफर अश्विनीलाई प्रथम उप-राष्ट्रपति बाट  ‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा  सम्मान’

    काठमाडौं – राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित नेपालका चर्चित पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झा लाई “राष्ट्रलाई पुर्‍याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको ७ औँ बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको “राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ ” बाट सम्मानित गरिएको छ। कोरियोग्राफर अश्विनीलाई उक्त कार्यक्रममा प्रमुख अतिथी, गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपती परमानन्द झा, विशेष अतिथि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारी, विशिष्ट अतिथि नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द र आयोजक रिवन इन्टरटेन्मेन्टका सिईओ तथा निर्देशक निशु कान्त झाले संयुक्त रुपमा सम्मानित गर्नुभएको छ ।

    विगत लामो समयदेखि पेजेन्ट तथा फेशन कोरियोग्राफरको रुपमा अनवरत आफ्नो उत्कृष्टता प्रदान गर्दै आएका झाले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डका साथै सम्मान प्राप्त गरेका छन । फेशन डिजाईनर काउन्सिल अफ नेपालका सल्लाहकार समेत रहेका कोरियोग्राफर अश्विनी वर्तमान समयमा नेपालका एकदमै चर्चित, व्यस्त तथा सफल कोरियोग्राफरमा पर्दछन्।

    कोरियोग्राफर झा सम्मानित भएको उक्त विशेष समारोहमा चलचित्र, सङ्गीत, समाजसेवा, मनोरंजन, फेसन डिजाईन, पेजेन्ट लगायतका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरूलाई पनि उक्त समारोहमा सम्मानित गरिएको छ। अभिनेता धिरेन शाक्य, प्रदीप बास्तोला, शुशिल श्रेष्ठ, अभिनेत्री साक्षी लम्साल, हास्य अभिनेता गोपाल ढकाल (छन्दे), फिल्म निर्देशक सुदर्शन थापा, राजु अधिकारी, म्युजिक भिडियो निर्देशक बिधान कार्की, फिल्म निर्माता नबिन अधिकारी, फिल्म लेखक शिवम अधिकारी , संगीतकार अर्जुन पोखरेल, गीतकार दयाराम पाण्डे, कोरीयोग्राफर रामजी लामिछाने, फेसन डीजाइनर अमित झा, मिसेस एशिया प्यासिफिक / मिसेस नेपाल इन्टरनेसनल चन्दा थापा गिरी, पेजेन्ट निर्देशक बालकृष्ण पोखरेल र प्रिती कार्की, अटो व्यवसायी तथा नाडाका केन्द्रिय सचिव अनुप के. बराल लगायत ६ दर्जन भन्दा बढी स्रष्टा तथा राष्ट्रमा आफ्नो उल्लेखनीय योगदान पुर्याउनु भएका व्यक्तित्वहरु सम्मानीत भए । उक्त कार्यक्रम म्युजिक सिटी हल, बालकुमारी, ललितपुरमा सम्पन्न भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij