Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बलबहादुर राजबंशी र अस्मिता अधिकारीको ‘मन कि मन्जरी’ सार्वजनिक


  • मंगलबार, भाद्र ८ २०७८

  • बलबहादुर राजबंशी र अस्मिता अधिकारीको  ‘मन कि मन्जरी’ सार्वजनिक

    काठमाडौं– बलबहादुर राजबंशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मन कि मन्जरी’ सार्वजनिक भएको छ । बलबहादुरकै सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र रमेश मास्केको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

    निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्मालाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृट बनेको छ ।

    बलबहादुर द भोइस अफ नेपाल सिजन दुईको उत्कृष्ट नौमा पर्न सफल हुनुभएको थियो भने अस्मिता नेपाल आइडल सिजन दुईको फाइनलिस्ट हुनुहुन्छ ।

    बलबहादुरको यसअघि सार्वजनिक गीत ‘जेल पनि सहुँला।।।’लाई स्रोतारदर्शकले अत्यधिक मन पराएका थिए । ‘मेरा अन्य गीत जस्तै यो सार्वजनिक गीतलाई पनि स्रोतारदर्शकले माया गरिदिनेमा आशावादी रहेको छु’, बलबहादुरले भन्नुभयो ।

    https://youtu.be/iMwkov973M0

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij