Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इन्डियन आइडल-१२ को उपाधि पवनदीप राजनले जिते


  • सोमबार, साउन ३२ २०७८

  • इन्डियन आइडल-१२ को उपाधि पवनदीप राजनले जिते

    १२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि पवनदीप राजनले जितेका छन्। आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले बाजी मारेका हुन्।

    उनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै अवार्ड उचालेका हुन्। २४ वर्षे पवनदीप राजनको जन्म भारतको उत्तराखन्ड कुमाउँको सानो जिल्ला चम्पावतमा भएको थियो ।

    गायनमा मात्र नभएर उनी वाद्यवाधन मा पनि उत्तिकै पोख्त छन्। उनी गितार, ढोलक, तबेला, हार्मोनियम, पियानो, ड्रमलगायत धेरै किसिमका बाजा बजाउँछन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij