Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अष्ट्रेलिया र युट्युवमा महंगोमा बेचियो ‘डिसेम्बर फल्स’


  • आइतबार, माघ ४ २०७७

  • अष्ट्रेलिया र युट्युवमा महंगोमा बेचियो ‘डिसेम्बर फल्स’

    काठमाडौं– निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’ को युट्युव र अष्ट्रेलिया प्रदर्शन अधिकार एजुकेसन एण्ड माइग्रेसन कर्नरले खरिद गरेको छ । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी मन्दिरमा पूजाआजा गरि मुर्हत गरिएको फिल्मको सोमबारबाट सुटिङ सुरु हुदैछ । सुटिङ सुरु नहुदै फिल्मको अष्ट्रेलिया प्रदर्शन र युट्युव राइट महंगो रकममा बिक्रि भएको हो । रकम कति हो, त्यो भने खुलाइएको छैन ।
    अष्ट्रेलियामा फिल्म प्रदर्शनका साथै बिबिध सांस्कृति कार्यक्रम समेत आयोजना गर्दै आइरहेको एजुकेसन एण्ड माइग्रेसन कर्नरका प्रम्ुख सुनील उप्रेतीले ‘डिसेम्बर फल्स’ को टिम, कलाकार तथा बिषयबस्तुसमेत अब्बल लागेकाले राईट किनेको जानकारी दिएका छन् । फिल्मको टिजर,गीत,प्रोमो तथा फिल्म नेप आर्ट नामक युट्यव च्यानलमा हेर्न पाइने छ । फिल्म साउन १ गते नेपाल र अष्ट्रेलियामा एकसाथ प्रदर्शन हुने जानकारी कार्यकारी निर्माता लक्ष्मण रिजालले दिएका छन् ।
    प्रबिण झाको निर्देशनमा रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल कार्यकारी निर्माता र रामकुमार भट्ट निर्माता रहेको फिल्ममा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सुमन थापा रोहित,सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गर्दैछन् । बिपीका खनालले लेखेको कथामा केदार भुसालको पटकथा र सम्वाद रहेको फिल्मको छायाकार महेश आर गुप्ता छन् । निर्देशक झा र छायाकार गुप्ता भारतीय फिल्म उद्योगका ब्यस्त फिल्मकर्मी हुन् । रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको अधिकांश दृश्य पोखरामा खिचिने बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij