Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सञ्चारकर्मी गीता अधिकारीको तीज कोशेली ‘बजाउँदै चुरा’ सार्वजनिक


  • सोमबार, साउन १२ २०७७

  • सञ्चारकर्मी गीता अधिकारीको  तीज कोशेली  ‘बजाउँदै चुरा’ सार्वजनिक

    काठमाडौं – नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज नजिकिदै जाँदा तीज सम्बन्धि गीतहरु सार्वजनिक भईरहेका छन् । यही मेसोमा गत तीन वर्षदेखि लगातार तीजका गीत स्रोता र दर्शकमाझ पस्किदै आएकी सञ्चारकर्मी गीता अधिकारीले यस वर्षको तीज कोशेलीको रुपमा ‘बजाउँदै चुरा..’ बोलको गीत सार्वजनिक गरेकी छन् ।

    सारिका घिमिरेको स्वरमा रहेको सार्वजनिक तीज गीत ‘बजाउँदै चुरा..’मा योगेश काजीको सङ्गीत तथा एरेञ्ज रहेको छ । स्टुडियो १ डीबी एचडीमा रेकड्ङि गरिएको गीतमा एचवीएन किस्मतको मिक्सिङ तथा माष्टिरिङ रहेको छ । सार्वजनिक लिरिकल भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् ।

    गीता र सारिकाले यसभन्दा अघि ‘यतै घमाइलो उतै घमाइलो…’सन्देश मुलक तीज गीत लिएर आएका थिए भने गत वर्ष ‘तीजैमा ब्रत बसी…’ लिएर आएका थिए ।

    कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमणका कारण गीतको भिडियो छायाँकन गर्न असमर्थ भएका कारण लिरिकल भिडियो सार्वजनिक गरेको गीता र सारिकाले बताए । यसभन्दा अघि सार्वजनिक गीत जस्तै ‘बजाउँदै चुरा…’ले पनि सबैको माया र साथ पाउने आफूहरुले अपेक्षा लिएको उनीहरुले बताए । गीतको भिडियो युट्युव च्यानल द ट्युन मार्फत सार्वजनिक गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij