Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वमिस नेपाल उषा खड्गीले डिभोर्स गरिन्


  • आइतबार, चैत्र २ २०७६

  • पूर्वमिस नेपाल उषा खड्गीले डिभोर्स गरिन्

    काठमाडौं– पूर्वमिस नेपाल उषा खड्गीले आफ्नो १७ वर्ष लामो वैवाहिक जीवन टुङ्ग्याएकी छन्।
    उनले जिपी तिमल्सिनासँगको १७ वर्ष लामो वैवाहिक जीवन समापन गरेको सार्वजनिक गरेकी हुन्।
    उनले सो फेसबुक पोस्टमा लेखेकी छन् – ‘विवाह गरेको १७ वर्षपछि पनि मैले शारिरिक र मानसिक दुर्व्यवहार भोग्नुपर्छ भने त्यसलाई निरन्तरता दिनुको कुनै आधार छैन ।’
    पोस्टमा उनले सो क्रियाकलापलाई ‘नाईं’ भन्ने निर्णय गरेको भन्दै सहयोग र साथ दिने सबैलाई धन्यवाद भनेकी छन्।

    शनिबार गरिएको पोस्टमा उनले आफू र आफ्ना सन्तानको अधिकारका लागि लड्ने पनि लेखेकी छन्।

    उनी मिस नेपाल(२००० को ताज विजेता हुन्। उनको जिपी तिमल्सिनासँग प्रेम विवाह भएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij