Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सवारी दुर्घटनामा नायिका महिमा सिलवालको मृत्यु


  • बिहिबार, फाल्गुन १ २०७६

  • सवारी दुर्घटनामा नायिका महिमा सिलवालको मृत्यु

    काठमाडौँ – नायिका महिमा सिलवालको सवारी दुर्घटनामा मृत्यु भएको छ । बुधबार साँझ उनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिएको थियो ।

    लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
    उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् ।
    महिमाको घटनास्थलमा नै मृत्यु भएको थियो भने सर्मिलाको उपचारको लागि काठमाडौँ ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । उनीहरु काठमाडौँबाट चितवन घर जाँदै थिए ।

    भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले कारवाही चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले अप्रिल फुल, चियर्स, दानव, जिग्लोलगायत चलचित्रमा काम गरेकी थिइन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij