Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘तिमीले बाटो फेरयौ अरे…२’ पनि करोडौं क्लवमा


  • शुक्रबार, माघ २४ २०७६

  • ‘तिमीले बाटो फेरयौ अरे…२’ पनि करोडौं क्लवमा

    काठमाडौं– दर्पण राईको गीत ‘तिमीले बाटो फेरयौ अरे…२’ पनि करोडौं क्लवमा प्रवेश गरेको छ । मेलिना राईको स्वरमा रहेको गीत ‘तिमीले बाटो फेरयौ अरे २’ करोडौ क्वलबमा प्रवेश गरेको हो ।

    यसअघि उनकै स्वरमा रहेको गीत ‘तिमीले बाटो फेरयौ अरे’ पनि करोडौ क्लवमा प्रवेश गरेको थियो । विक्रम राईको सङ्गीत, रिकेश गुरुको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा अनिल के मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । ‘तिमीले बाटो फेरयौ अरे…’ गीत बाटै मेलीना राई चर्चामा आएकी थिइन ।

    ‘यो मुटु दुःखछ किन’, ‘तिमीलाई मन पराउनु मेरो गल्ती होइन’, ‘मायामा जाल भो’, ‘नजिकिनु सजिलो थियो’ जस्ता एक दर्जन भन्दा बढी लोकप्रिय गीत मार्फत स्रोता/दर्शकको मन मष्तिकमा राज गर्न सफल गीतकार दर्पण राईले ‘तिमीले बाटो फेरयौ अरे…२’लाई पहिलोलाई जस्तै स्रोता/दर्शकले उत्तिकै मन पराएका कारण आज करोडौ क्लवमा प्रवेश गर्न सफल भएको बताए ।

    ‘तिमीले बाटो फेरयौ अरे…२’ गीतको पछिल्लो समय चर्चासँगै यस गीतको नयाँ भर्सन पनि भारतको प्रसिद्ध रियालिटी सो ‘सारेगम प लिलिट चाम्स’मा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल गायक प्रितम आचार्यको स्वरमा केही समय सार्वजनिक गरिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij