काठमाडौं – गायिका आस्था राउतलाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको छ । प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ‘अभद्र व्यवहार’को मुद्दा खेपेकी गायिका आस्था राउत छुटेकी छन् ।
उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज चार हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । आस्थाविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी थिइन् । आस्थाविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।
आस्थाले भने आफूमाथि पनि प्रहरीबाट दुर्व्यवहार भएको दाबी गर्दै आएकी थिइन् । आस्थाले झापा पुगेर सामाजिक सञ्जाल फेसबुकमा जाँचका क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीलाई गाली गरेकी थिइन ।
सोमबार आफैं प्रहरी परिसर काठमाडौंमा उपस्थित भएकी थिइन् । सोमबार आस्थालाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
