Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतको सबैभन्दा प्रतिष्ठित पुरस्कार अमिताभ बच्चनले पाए


  • सोमबार, पुष १४ २०७६

  • भारतको सबैभन्दा प्रतिष्ठित पुरस्कार अमिताभ बच्चनले पाए

    एजेन्सी – भारतीय बरिष्ठ अभिनेता अमिताभ बच्चनले दादासाहेब फाल्के पुरस्कार प्राप्त गरेका छन् । आइतबार राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा अभिनेता बच्चनले सो पुरस्कार ग्रहण गरेका हुन् । अमिताभ खराब स्वास्थ्यको कारण गत आइतबार आयोजित राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कार लिन असमर्थ भएपछि आज उनलाई छुट्टाछुट्टै पुरस्कार प्रदान गरिएको छ ।

    दादासाहेब फाल्केलाई भारतीय चलचित्रको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ। यस वर्षको सेप्टेम्बरमा उनलाई यो पुरस्कार दिने घोषणा गरिएको थियो। पुरस्कार प्राप्त गरेलगत्तैको आफ्नो सम्बोधनमा उनले राष्ट्रपति रामनाथ कोविन्दलाई धन्यवाद दिएका थिए । उनले फिल्म उद्योग र भारतीय जनतालाई समेत धन्यवाद दिए। सम्बोधनका क्रममा उनले मुसुक्क हाँस्दै भने, ‘यो सम्मान लिनु यो संकेत यो होइन कि अब मैले काम गर्न छोड्नुपर्छ ।’ अमिताभले यसो भन्ने बित्तिकै हलमा हाँसो गुञ्जिएको थियो ।

    सम्मानित भएलगत्तैको आफ्नो सम्बोधनमा अमिताभले भने, ‘भगवानको आशिर्वाद प्राप्त भएको छ, मेरा माता पिताको आशिर्वाद प्राप्त भएको छ, फिल्म उद्योगका निर्माता निर्देशक र कलाकारहरूको पनि राम्रो साथ पाएको छु । तर सबैभन्दा बढी यो भारतको जनताको स्नेह र वफादार प्रोत्साहन हो। किनभने म तपाईंको अगाडि खडा छु।’

    अमिताभ बच्चनले चारवटा राष्ट्रिय फिल्म पुरस्कार र १५ वटा फिल्म फेयर पुरस्कारसहित अन्य धेरै पुरस्कार प्राप्त गरिसकेका छन्। उनी २०१५ मा पद्म विभूषणबाट समेत सम्मानित भएका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij