Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गायक ढकाल र शाहबीच सम्बन्ध बिच्छेद


  • बुधबार, पुष ९ २०७६

  • गायक  ढकाल र  शाहबीच सम्बन्ध बिच्छेद

    काठमाडौं – गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहबीच सम्बन्ध बिच्छेद गरेका छन् । उनीहरूले बुधबार जिल्ला अदालत काठमाडौंबाट मिलापत्रकै आधारमा सम्बन्ध विच्छेद गरेका हुन् ।

    ढकाल दम्पतीले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । शाहले ढकालबाट कुनै पनि प्रकारको अंश तथा मानाचामल नलिने र छोरी भने आफैले राख्ने गरी सम्बन्ध बिच्छेद गरेका हुन् ।

    अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार न्यायाधीश विदुर कोइरालाले मिलापत्रका आधारमा सम्बन्ध बिच्छेद गराएका हुन् । तर, छोरीको लालन-पालनमा भने उनीहरूको बराबरी हक लाग्ने आदेश भएको श्रेष्ठले बताए। ढकाल र शाहबीच प्रेम विवाह भएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij