Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिजी कामना फिल्म अवार्ड्सको पाँचौ संस्करण पुष १९ गते हुने


  • बिहिबार, मंसिर २६ २०७६

  • सिजी कामना फिल्म अवार्ड्सको पाँचौ संस्करण पुष १९ गते हुने

    काठमाडौं – लाखौं पाठकको प्रिय सिने मासिक कामनाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी कामना फिल्म अवार्ड्सको पाँचौ संस्करण आगामी पुष १९ गते शनिवार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने भएको छ।
    यस वर्ष सिजी कामना फिल्म अवार्ड्समा गोदरेज नम्वर वन जोडिएसँगै यो अवार्ड गोदरेज नम्वर वन कामना फिल्म अवार्डस् २०७६ का रुपमा सम्पन्न हुनेछ। सिजी कामना फिल्म अवार्डस्मा गोदरेज नम्वर वन जोडिएसँगै यस वर्षबाट प्रतिस्पर्धात्मक २६ विधाबाहेक एसएमएस भोटिङका आधारमा गोदरेज नम्वर वन पपुलर च्वाईस अवार्डसमेत प्रदान गरिनेछ। गोदरेज नम्वर वन पपुलर च्वाईस अवार्डमा नायिकाहरु वर्षा राउत, सृष्टी श्रेष्ठ, साम्राज्ञी राज्य लक्ष्मी शाह, प्रियंका कार्की र स्वस्तीमा खड्का मनोनयनमा परेका छन् ।
    कामना कामना न्यूज पब्लिकेसन्स्ले आजभन्दा ३६ वर्षअगाडि वर्षमा एउटा चलचित्रसमेत निर्माण नहुने समयमा नेपाली चलचित्र तथा कलाकार र प्राविधिकलाई मान सम्मान एवं सामाजिक प्रतिष्ठा दिलाउने उद्येश्यले कामना सिने मासिक प्रकाशनमा ल्याउने यस अवार्डस्को आयोजक संस्था कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठलाई यस वर्ष अकल्पनियरुपमा अल्पायुमै गुमाउनु परेको छ। नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानकै खातिर सिजी लक्स कामना फिल्म अवार्डस् आयोजनालाई अगाडि सार्नुभएका श्रद्वेय प्रधान सम्पादक श्रेष्ठको दुखद् निधनका बीच कामना प्रकाशनले उहाँले देख्नुभएको सपना पूरा गर्नका लागि यस वर्ष पनि यो अवार्ड कार्यक्रम आयोजनालाई निरन्तरता दिन लगेको हो। निरन्तर भव्य र सभ्य अवार्ड आयोजना गर्न सकिए अवार्ड आयोजक समितिका निर्देशकसमेत रहनु भएका उहाँप्रति सच्चा श्रद्वाञ्जलि हुने विश्वास पब्लिकेसन्स्ले लिएको छ ।
    कामनाको आयोजना तथा सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने गोदरेज नम्वर वन कामना फिल्म अवार्डस् २०७६ सम्मान चलचित्रको ः उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रुपमा सम्पन्न हुँदै आएको छ। हरेक वर्षको अवार्डमा भैmँ यस वर्षको गोदरेजन नम्वर वन कामना फिल्म अवार्डस् २०७६ मा पनि २०७१ सालमा पहिलो अवार्ड आयोजना गर्नुअघि कामना न्यूज पब्लिकेसन्स्ले चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्था तथा विज्ञहरुसँगको बृहत र लामो छलफलपछि प्रत्येक प्रतिस्पर्धी विधाका लागि तयार पारिएको मूल्यांकन मापदण्डका आधारमा निर्णायक मण्डलले २६ विधामा मूल्यांकन गर्नेछ। त्यसै गरी चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली चलचित्रको उन्नयनमा योगदान पु¥याउने एक÷एकजना फिल्मकर्मीलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ। त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ। संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्डसमेत प्रदान गरिनेछ। कामना फिल्म अवार्डस्मा एउटै विधामा १ जनाभन्दा बढी विजयी भए सो विधामा सामेल चलचित्रकर्मीलाई छुट्टाछुट्टै ट्रफी प्रदान गरिँदै आएको छ ।
    उत्कृष्टता, पारदर्शिता र निश्पक्षता भन्ने नारालाई अंगिकार गरी आयोजना हुँदै आएको गोदरेज नम्वर वन कामना फिल्म अवार्डस् समारोहमा कुल ३२ विधामा अवार्ड प्रदान गरिनेछ। गोदरेज नम्वर वन पपुलर च्वाईस अवार्डसमेत कुल १५ लोकप्रिय विधामा दर्शकको एमएमएस भोटका आधारमा विजेता चयन गरिँदै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij