Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गायक दिनेश गौतमको पैसाकै लागि बाँच्छ मान्छे सार्वजनिक (भिडियोसहित)


  • शुक्रबार, कार्तिक २२ २०७६

  • गायक दिनेश गौतमको पैसाकै लागि बाँच्छ मान्छे सार्वजनिक (भिडियोसहित)

    काठमाडौं – गायक दिनेश गौतमको पैसाकै लागि बाँच्छ मान्छे बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुरुषोत्तम बस्नेतको शब्द तथा पुस्तक प्रसादको संगीत छ । यो गीत बस्नेतको चौंथो एल्बम कयामुदामा समावेश छ ।
    गीतले पैसाले मान्छेलाई के के गराउँछ भन्ने भाव छ । प्रज्ञा साउन्ड स्टुडियोमा रेकर्डिङ भएको यो गीतको संयोजन दिनेश सुनामले गरेका हुन् ।
    भिडियोलाई कलाकार निरु खड्काले निर्देशन गरेकी छन् । यसमा माग्नेबुढा अर्थात् केदार घिमिरेकी श्रीमती सितादेवी घिमिरे, निरु खड्का, कृष्ण रसाईली, सुष्मा, प्रकाश र स्तुती गौतमको अभिनय छ ।
    भिडियोमा सागर गौतमको छाँयांकन र प्रविण श्रेष्ठको सम्पादन छ । पैसाका लागि बुहारीले सासूलाई वृद्धाश्रम जान बाध्य पारेको र नातिनीले उनलाई घरमा ल्याएको तथा पैसाका लागि नारी अस्मितामा खेलवाड गरेको दृष्य भिडियोमा देखाइएको छ ।
    गीतकार बस्नेतको यो चौंथो एल्बम हो । यो भन्दा अघि उनले प्रजुशा, प्रभाव र रासुम एल्बम बजारमा ल्याइसकेका छन् । पैसा कसले बनायो गीतबाट चर्चामा आएका दिनेश गौतमको पैसा सम्बन्धी यो अर्को गीत हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij