Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सप्तरङगको दोस्रो सिजनको तयारी पूरा


  • बिहिबार, असोज २ २०७६

  • सप्तरङगको दोस्रो सिजनको तयारी पूरा

    ‘सप्तरङ्ग’ कार्यक्रमको दोश्रो चरणप्रारम्भ हुने भएको छ । नोभेम्बर दोस्रो साताबाट सातै प्रदेशमा सुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको आयोजक गृष्माब्रोर्डकास्टिङले जानकारी दिएको छ । गतवर्ष सातै प्रदेशमापहिलो चरणको कार्यक्रममा सम्पन्नभएको थियो ।
    पहिलो सिजनमा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवर्धन र समुन्नति केन्द्रित गरेको छ । दोस्रो सिजनका लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रविओडसँग सम्झौता भइसकेको आयोजकका प्रवन्ध निर्देशक गृहेन्द्र घिमिरेले जानकारी दिए ।
    पहिलो सिजनमा सात प्रदेशविचको सम्बन्ध नागरिकस्तरमा सुमधुर बनाउन प्रभावकारी भएकाले दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगितिक यात्राको माध्यमबाट पर्यटकिय स्थानको प्रवर्धन र सम्भावनाको खोजीगरिने घिमिरेले बताए । पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामाआयोजनाको तयारी गरिएको कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानिय कला संस्कृतिलाई उजागर गर्नेलक्ष्य राखिएको आयोजकले बताएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij