Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ सम्पन्न


  • शुक्रबार, भाद्र १३ २०७६

  • छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ सम्पन्न

    काठमाडौं – हाम्रो भाषा हाम्रो संस्कृति आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत–संगीत सम्बृद्धिको हाम्रो यो अभियान भन्ने मुल नाराका साथ छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ सम्पन्न भएको छ । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले कार्यक्रममाथि प्रकाश पार्दै तीजका अवसरमा सर्जकहरुलाई प्रोत्साहन मिलोस र तीजका गीत तथा त्यसका श्रष्टा सर्जकहरुले प्रोत्साहित हुने मौका पाउन भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए ।

    छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६का अवसरमा करिव डेढ दशक देखि रंगपत्रकारिता गर्दै आएकी शारदा थापालाई नगद ६ हजार ६ रुपैया सहित छायाँछवि नारी रंग पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । ३२ बिधामा अवार्ड प्रदान गरेको कार्यक्रममा बरिष्ठ अभिनेत्री त्रय बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, भुवन चन्द, निर्देशक दिपाश्री निरौला, बरिष्ठ लेखक÷निर्देशक मोहन निरौला, रोशनी के.सी, रेजिना उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

    छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ विजेताहरु यसप्रकास रहेका छन् :-

    उत्कृष्ट तीज दोहोरी मिक्सिङ :  अर्जुन बिरही   – गंगा जमुना

    उत्कृष्ट तीज गीत मिक्सिङ :   सन्तोष पौडेल    – रे पटम भरर

    उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर :  समित परियार –  ढल्की ढल्की

    उत्कृष्ट तीज गीत एरेञ्जर :   योगेश काजी  –  तीजैमा ब्रत बसी

    उत्कृष्ट तीज दोहोरी गीत नव–गायक :  चित्र अविरल श्रीपाली  – गंगा जमुना

    उत्कृष्ट तीज दोहोरी गीत नव–गायिका :  शशी पुन देशार   – फरीया

    उत्कृष्ट तीज गीत नव–गायिका :   मिना केसी   – घन्काइदे मादलु

    उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष) :   निर्मल क्षेत्री  – रीडी दोभान

    उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला) :  दीपाशा बी.सी  – स्याङ्जा जाने बाटैमा तनहुँ

    उत्कृष्ट तीज गीत नव–मोडल :    अपेक्षा सिंह  -गाउँ र शहर तीजको लहर

    उत्कृष्ट तीज गीत मोडल :  मञ्जीता के.सी.   – तीजको आयो लहर

    उत्कृष्ट तीज गीत छायाँकार :  मुकेश हुमागाई   – हातमा चुरा

    उत्कृष्ट तीज गीत सम्पादक :  प्रविण भट्ट   – माइतीको देश २

    उत्कृष्ट तीज दोहोरी नृत्य निर्देशक :   राजीव बलामी   – यसपाली तीजमा

    उत्कृष्ट तीज दोहोरी भिडियो निर्देशक :  राज के.सी. –   रीडी दोभान

    उत्कृष्ट तीज गीत नृत्य निर्देशक :  मौसम हिमाली   – माइतीको देश २

    उत्कृष्ट तीज गीत भिडियो निर्देशक :  नारायण रीजाल   – तीजैमा ब्रत बसेर

    उत्कृष्ट तीज दोहोरी गीत शब्द :   तारा अधिकारी   – आउ संगी

    उत्कृष्ट तीज गीत शब्द :   यशोदा थापा यशु     –  छड्के नजर

    उत्कृष्ट तीज मौलीक गीत शब्द :  लोकराज अधिकारी   –   रे पटम भरर

    उत्कृष्ट तीज सामाजिक गीत :   प्रमिला पुन  – तीजै आयो

    उत्कृष्ट तीज दोहोरी गीत लय :   जीवन परियार    – बर्खे झरी

    उत्कृष्ट तीज गीत मौलीक लय :   हरि विष्ट –  माइतीको देश २

    उत्कृष्ट तीज गीत लय :   धर्मराज गिरी –  काकरीको अचार

    उत्कृष्ट तीज युगल गायन :  अमृता लुंगेली मगर/सुमित्रा कोइराला/सुजाता के.सी.    – अल्झियो फरिया

    उत्कृष्ट तीज गीत कम्पनी :   शुभश्री फिल्मस् प्रा.लि.   –   बरी लै

    उत्कृष्ट तीज दोहोरी गीत गायक :  लेखनाथ आचार्य   – रीडी दोभान

    उत्कृष्ट तीज दोहोरी गीत गायिका :   शुशीला गौतम    – लेउ लाग्यो

    उत्कृष्ट तीज दोहोरी गीत :   जमाना अनुसार –    देवी घर्ती

    उत्कृष्ट तीज गीत गायिका :  अंजना गुरुङ   –  गाउँ र सहर तीजको लहर

    उत्कृष्ट तीज गीत :  चम्पलै हरायो  –  कृष्णा परियार

    उत्कृष्ट मौलिक तीज गीत :   पातली   –   कला लम्साल

    इन्करेजमेन्ट अवार्ड (मोडल) :   किशन अर्याल – कृष्ण  हातमा चुरा

    इन्करेजमेन्ट अवार्ड (गायिका) :   शोनिका के.सी, सुरुची पन्त – शिरै लाउने सिरफूल

    पब्लिकच्वाइस अवार्ड (गायिका)    धनकुमारी थापा सरु     – जाम नाच्न जाम

    पब्लिकच्वाइस अवार्ड (मोडल) :   शुशिला थापा   – मैले त खोजेको यस्तै घर हो

    पब्लिकच्वाइस अवार्ड (मोडल) :     दुर्गेश थापा  –    ज्वाई हजुर

    जुरी अवार्ड :    टिका पुन    – माइतिदेश २

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij