Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गायक नारायण थापाको मर्मस्पर्शी गीत ‘दिलमा आगो’ सार्वजनिक


  • बुधबार, साउन २९ २०७६

  • गायक नारायण थापाको मर्मस्पर्शी गीत ‘दिलमा आगो’ सार्वजनिक

    काठमाडौ- नेपाली सांगितीक क्षेत्रमा ‘गीतसंगीतलाई मनैदेखी मायागर्ने एउटा मनुवा’ को नामले चिरपरिचित गायक नारायण थापाको निकै मर्मस्पर्शी गीत ‘‘दिलमा आगो’ सार्वजनिक भएको छ ।
    नारायण थापाद्वारा संगीत/स्वरबद्ध ‘दिलमा आगो’ बोलको गीतमा बीबी रिजालको शब्द, सहास शाक्यको एरेन्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ्गमास्टरीङ रहेको छ ।

    सार्वजनिक गीतको भिडियोमा त्रिकोणात्मक प्रेम दर्शाईएको छ । गायक थापाद्वारा सार्वजनिक गीतले युट्युबमा छोटो अवधिमा नै निकै लोकप्रियता हासिल गरिरहेको छ ।

    निकै नै मार्मिक शब्द र संगीत रहेको गीतको भिडियोमा लोक मिश्र, सुस्मिता अधिकारी र अनुज शर्माको अभिनय रहेको छ । भिडियोको निर्देशन सुवास प्रधानले गरेका हुन् भने छाँयाकन प्रेम लामा तथा इडिट टेकेन्द्र शाहले गरेका हुन् ।
    https://youtu.be/GzNaTF8ydzY

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij