Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रमिला न्यौपानेको तीज गीत ‘पशुपतिमा’ सार्वजनिक


  • बुधबार, साउन ८ २०७६

  • रमिला न्यौपानेको तीज गीत ‘पशुपतिमा’ सार्वजनिक

    काठमाडौ-आजत भेट्न आउदिन है कालू, मेरो त मायाले काठमाडौंमा ट्याक्सी चलाउने, पंखा चलाइदेउ, भुरुरु उडेको पुतली लगायतका दर्जनौ तीज गीतहरु बजारमा ल्याएर चर्चा कमाएकी गायिका हुन् रमिला न्यौपाने ।
    रमिलाले हिन्दु नारीहरुको तीज पर्वलाई लक्षित गरेर प्रत्येक वर्ष तीज गीत बजारमा ल्याएर एकदशक देखि तीज गीतमा आफ्नो निरन्तरता दिदै आएकी छिन् । उनले अघिल्लो वर्षमात्रै मायालु ईन्टरटेनमेन्टको प्रस्तुतिमा भुरुरु उडेको पुतली नामक तीज गीत बजारमा ल्याएकि थिईन् । उक्त गीतले पनि नेपाली साँगितिक बजारमा निकै चर्चा पाएको थियो ।
    तीज गीतलाई निरन्तरता दिने क्रममा यस वर्ष रमिला न्यौपानेको पशुपतिमा बोलको तीज गीत सार्वजनिक भएको छ । गीत तिर्सना म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । बाबुराम बोहराको शव्दमा तयार भएको उक्त गीतमा रमिला न्यौपाने र चर्चित गायक खुमन अधिकारीको स्वर रहेको छ भने सह–गायन बन्दना पाण्डे, साया पाण्डे र राजेन्द्र बाजुरालीले साथ दिएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij