Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सारिकाको तिज गित ‘आउ नाचौं सङ्गी हो…’


  • आइतबार, असार २९ २०७६

  • सारिकाको तिज गित ‘आउ नाचौं सङ्गी हो…’

    काठमाडौं – गत वर्षको तीजमा सन्देश मुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपालीको तीज गीतमा तीजमा छम छम नाच्न भन्दै आउने भएकी छन् ।
    गीताको शब्द रचना, नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको तीज गीत ‘आउ नाचांै सङ्गी हो…’को भिडियो छायाँकन गरिएको छ । योगेश काजीको सङ्गीत रहेको गीतको भिडियोलाई शुक्रबार राजधानीमा छायाँकन गरिएको हो ।
    नारायण रिजालको निर्देशन रहेको गीतको भिडियोलाई वीपेन्द्र भाट ‘विपिन’ले छायाँकन गरेका छन् । गीतको भिडियोमा नायिका पुजना प्रधानले कम्मर मर्काएकी छन् भने गायिका तथा नायिका सारिका घिमिरे र गीता अधिकारीलगायत अन्य कलाकारले पनि नृत्य गरेका छन् ।
    ‘हामीले गत वर्ष सन्देश मुलक तीज गीत स्रोता÷दर्शकमाझ पस्केका थियौ, यसपालीको तीजमा दुःख पीडा भुलेर खुलेर नाचौ भन्ने खालको तीज गीत लिएर आउँदै छु, यसको भिडियो छिट्टै दर्शकमाझ आउँदै छ’, गीताले भनिन् ।
    ‘एउटा राम्रो तीज गीत पस्किने हाम्रो कोशिस रहेको छ, म यसमा खुलेर नृत्य गरेकी छु, हेरौ कस्तो हुन्छ, गीतको भिडियो आएपछि थाह पाइहाल्नुहुन्छ नी’ नायिका पुजनाले भनिन् ।
    ‘गत वर्ष भन्दा अलिक फरक खालको गीत लिएर आउँदै छौ’ भन्दै गायिका सारिका घिमिरेले यो तीज गीत छम छम नाच्ने खालको बनाउन लागेको बताइन ।
    ‘तीजका गीत प्रायः सबै उस्तै उस्तै नै हुन्छन् हामीले अझ राम्रो बनाउने प्रयास गरेका छौ,’ निर्देशक नारायण रिजालले भने । ड्रेस शिव कैलास कला मन्दिर, मेकअप सञ्जु ढकालको रहेको गीतलाई वल्र्ड कभर मिडियाले पोष्ट प्रोडक्सन गर्दै छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij