Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘मिस ग्राण्ड इन्टरनेसनल नेपाल’को आवेदन खुल्ला


  • शुक्रबार, असार ६ २०७६

  • ‘मिस ग्राण्ड इन्टरनेसनल नेपाल’को आवेदन खुल्ला

     

    काठमाडौं – भेनेजुएलामा आयोजना हुने ‘मिस ग्राण्ड इन्टरनेसनल २०१९’का लागि नेपाली प्रतिनिधि खोज्ने उदेश्यले ‘मिस ग्राण्ड इन्टरनेसनल नेपाल २०१९’ आयोजना हुने भएको छ । बलिक्लब गु्रपले बलिउड सोडाउन कम्पनी मार्फत नेपालमा पहिलो पटक यो प्रतियोगीता आयोजना गर्न लागेको हो ।
    शुक्रबार राजधानीमा एककार्यक्रमको आयोजना गर्दै सोडाउन कम्पनीले प्रतियोगीताको आवेदन खुल्ला भएको जनाएको हो । प्रतियोगितामा १७ वर्षदेखि २७ वर्षसम्मका न्यूनतम ५ फिट ५ इन्च उचाही भएका नेपाली युवतीलेमात्र सहभागीता जनाउन पाउनेछन् ।
    प्रतियोगिताको लागि धरान, धनगढी, चितवन, पोखरा, काठमाडौं लगायत स्थानबाट अडिसन मार्फत २५ प्रतियोगी छानिनेछ । २० दिनको आन्तरिक ग्रुमिङ कक्षा लगायत बिभिन्न तालिम सहित प्रतियोगिलाई अन्तिमस्पर्धामा उतारिने आयोजकले बलिउड सोडाउन कम्पनीका निर्देशक ह्यानसन गौचनले बताए ।
    मिस ग्राण्ड इन्टरनेसनलको नेपाल निर्देशक सुरेस तामाङ रहेका छन् । इप्लानेट प्राइभेट लिमिटेडले सम्पुर्ण इभेन्ट ब्यवस्थापन गर्ने प्रतियोगितामा सहभागीका लागि कुनै पनि शुल्क नलाग्ने कार्यक्रममा आयोजकले जानकारी दिएको छ ।
    प्रतियोगिताका बिजेताले भेनेजुएलामा केही समयपछि आयोजना हुने ‘मिस ग्राण्ड इन्टरनेसनल २०१९’ नेपालको प्रतिनिधित्व गर्न पाउनुका साथै बिभिन्न उपहार समेत जित्न सक्ने इप्लानेट प्राइभेट लिमिटेडका अध्यक्ष सन्तोस सापकोटाले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij