Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘चट्ट खाइदिउ चटपटे’ को म्युजिक भिडियो सार्बजनिक


  • मंगलबार, असार ३ २०७६

  • ‘चट्ट खाइदिउ चटपटे’ को म्युजिक भिडियो सार्बजनिक

    काठमाडौं -बिश्व शान्त राइको स्वरमा रहेको नयाँ गीत म्युजिक भिडियो सार्बजनिक गरिएको छ । ‘चट्ट खाइदिउ चटपटे’ बोलको गीतमा शब्द ठाकुर राइको र संगीत बिश्व शान्त राइको रहेको छ । देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ । ओम प्रसाईंले निर्देशन तथा सम्पादन गरेको भिडियोमा दुवै मृगौला पिडित अम्मल राइको अभिनय रहेको छ । सरस्वती गुरुङको कोरियोग्राफी रहेको भिडियो ओएसआरको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो। धनकुटा स्थायी घर भएका र हाल काठमाडौँ बस्दै आएका दुवै मृगौला पिडित अम्मल राइको यो पहिलो भिडियो हो । डान्सिङ्ग प्याटनको गीतको भिडियोमा अम्मल राइले राम्रो नृत्य गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij