Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकार बर्वाद भयो भन्दै बन्यो यस्तो गीत


  • शुक्रबार, जेष्ठ ३१ २०७६

  • सरकार बर्वाद भयो भन्दै बन्यो यस्तो गीत

    काठमाडौं -देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टचार माथि तीखो व्यङ्ग्य प्रहार गरिएको गीत ‘ए सरकार’ सार्वजनिक भएको छ । साहित्यकार एवम् पत्रकार गिरिजा अधिकारीको शब्द रहेको गीतमा विकास पाण्डेको संगीत तथा गायक देवेन्द्र कार्कीको आवाज रहेको छ ।
    सरकार र पहुचमा रहेका व्यक्तिहरुले आफन्त र सालासालीलाई राम्रो स्थानमा जागिर लगाएको भन्दै कटाक्ष प्रहार गरिएको छ । गीतले सरकार प्रतीको चरम वितृष्णा र खबरदारीलाई एकसाथ समेटिएको छ ।
    भिमफेदी गाइजको अभिनय रहेको भिडियोमा देशको विकृती र विसंगतीलाई कलात्मक शैलीमा देखाइएको छ । निकै आक्रमक शैलिको गीतलाई भिमफेदी गाइजका निर्मलले निर्देशन गरेका हुन् ।
    पवन शुस्लिङको सिनेमेटोग्राफी रहेको गीतको भिडियोमा ऐतिहासिक मकवानपुर गढी दरबारलाई देखाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij