Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रितम आचार्य सारेगमप लिटिल च्याम्पमा तेश्रो भए


  • सोमबार, जेष्ठ २७ २०७६

  • प्रितम आचार्य सारेगमप लिटिल च्याम्पमा तेश्रो  भए

    काठमाडौं – भारतीय जी टिभीमा सञ्चालित रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्यले तेस्रो स्थान बनाउन सफल भएका छन् । कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भए भने अर्का नेपाली बालक आयुष केसी चौथो हुन सफल भएका छन् ।
    सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमको प्रस्तुतिले अडिसनदेखि नै जजहरुलाई निकै प्रभाव पारे पनि तेश्रो स्थानमा उनले चित्त बुझाउनुपरेको छ । प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए । उनको जन्म २०६५ जेठ १० गते भएको थियो । उनी हाल कक्षा ६ मा अध्ययनरत छन् ।
    प्रितमले २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो स्थान प्राप्त गरेका थिए । कार्यक्रमको फाइनलमा ६ जना पुगेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij