गित ,संगित र चलचित्रको भिडभाड रहने सिडनी शहरमा यो आइतबार कहि फरक र अलग कार्यक्रमले निकै चर्चा कमायो । सधै दोहरी, गायक अनि चलचित्रका नायक नायीकाको चर्चा हुने सिड्नी शहरमा नेपाली चेलीहरुले रयाम्पमा ढाकाका चौबन्दी र युवाहरुले दौरा सुरुवालमा ढाको टोपीले सजिएर क्याटवाक गरेको दृष्य साच्चीकै हेर्न लायक रहेको थियो । डिजाइनरहरु युवी थापा, मनिष राइ र मुकु श्रेष्ठका आकर्षक डिजाइनहरुले सिड्नीमा पनि चर्चा बटुलेका छन ।
फेशन शोको आकर्षक रुपमा नपाली चलचीत्रकी नायिका बर्षा राउत र उनका श्रीमान सन्जोग कोइराला रहेका थिए ।
नेपालका पनि आफ्नै पहिरन र पहिचान छन जसले मुलुक चिनाउने गर्छन ,त्यस्ता पहिरनहरुलाई फेशन शो मार्फत अस्ट्रेलियामा पनि चिनाउने प्रयासको थालनी गरेको हुँं, आयोजक ग्लाम नेपालका दिपक ज्ञवालीले बताए ।
चर्चित मोडलहरु सविता कार्की , एना शर्मा ,निती शाह लगायत सिडनीका एक दर्जन नेपाली चेलीहरुले बिभिन्न नेपाली डिजाइनरहरुको पहिरनमा सिडनी रंगाएका थिए ।
म्यान हन्ट इन्टरनेशनलका विजेता विवेश श्रेष्ठ लगायत स्थानिय नेपाली मोडलहरुले दौरा सुरुवाल अनि टोपी र श्रेष्ठ टेलरिङको डिजाइनमा वाक गरेका थिए ।
हिजो आज बदलिदो माहौलमा फेसनको रुपमा पनि फेरिएको छ, हिजो रोम र पेरिसमा आधुनिक पाश्चात्य पहिरनको परिचय बनेका फेसन शो हरु बिस्तारै बिस्तारै परम्परागत पहिरन र आफ्नो उत्पादनको परिचय दिने भावमा फैलिन थालेको बताउछन,कार्यक्रम सन्चालक तथा चर्चित कार्यक्रम सन्चालक सुरजसिंह ठकुरी । फेशन शोको औपचारिक कार्यक्रम प्रारम्भ गरेका ठकुरीले पहिरन पहिचानको माध्यम मात्र नभइ आधुनिक युगको आवश्यकता पनि रहेको सुनाए ।
यस्तै नेपालवाट निकै पर सीड्नी शहरमा पनि युवा अभियन्ता दिपक ज्ञवालीले आफ्नो पहिचानलाई मुलुकको पहिरन मार्फत उजागर्ने प्रयास गरेका छन । हाम्रा परम्परागत पोशाकहरु ढाका टोपी र गुन्यु चोलीको पहिरन पनि फेशन सोका गहना बन्न सक्छन भन्ने मेरो सोच थियो र अहिले यो पुरा भएको छ , आयोजक दिपकले कार्यक्रम पछि बताए । नेपाली ढाका र यसवाट निर्मित पोशाकहरु अत्यन्तै उत्कृष्ट र राम्रा छन,यसवाट बनेको पहिरनहरुले राम्रो बजार पाउन सकिरहेको छैन, हामीले यस शो मार्फत नेपालमा हाम्रै डिजाइनरले निमार्ण गरेका उत्कृष्ट पहिरनलाई पश्चिमी बजारमा पनि लोकप्रीय बनाउन सकिन्छ भन्ने ध्येय बोकेर ग्लाम नेपालको आयोजना गर्न लागेका हौ, ज्ञवालीले सुनाए ।
डिजिटल जेनेरेसनको प्रस्तुतीका रुपमा सम्पन्न ग्लाम नेपाल इन्टरनेशनल फेशन शोलाई नेपीन्डो समुहले सघाएको थियो । सीड्नीको मार्टिनप्लेसस्थीत सोफीटेलमा सम्पन्न
यस कार्यक्रमले नेपाली डिजाइनर र मोडलहरुपनि कमजोर छैनन भन्ने तथ्य उजागर गरेको नेपीन्डोको निर्देशक उषा किरण बारिया पोखरेलले बताइन । पोखरेलले भनिन, थुप्रै प्रवल गुरुङहरु नेपालमा लुकेर बसेका छन, बाहीर ल्याउने प्रयास गर्नुपर्छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
