Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आठ बालबालिकालाई ‘लिटिल मिष्टर एण्ड मिस २०१९’ उपाधि


  • सोमबार, जेष्ठ १३ २०७६

  • आठ बालबालिकालाई ‘लिटिल मिष्टर एण्ड मिस २०१९’ उपाधि

     

    काठमाडौं – ‘लिटिल मिष्टर एण्ड मिस २०१९’मा ८ बिजेता छानिएका छन् । बिभिन्न उमेर समुह गरेर मोक्क्षा अधिकारी, अब्सरा दुलाल, सिमोन पुन, सक्षम थापा, कृष्ण बुढाथोकी, कुसल न्यौपाने, करिष्मा सुवेदी, बिपुल श्रेष्ठ नामका बिजेता चुनिएका हुन् ।
    शनिबार बालकुमारीस्थित म्युजिक सिटी हलमा अबेर साँझ सम्पन्न प्रतियोगीतामा सबै बिजेताले शिर्ष उपाधिको साथमा बिभिन्न गिफ्ट उपहारको रुपमा प्राप्त गरे ।
    एक्सपोज नेपालको आयोजना रहेको प्रतियोगीताको उदेश्य बालबालिकाको ब्यक्तित्व बिकाश, क्षमता अभिबृद्धी गर्दै भबिश्य निर्माणमा अग्रसर गराउने रहेको थियो ।
    चुनिएका सबै विजेताले अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘ लिटिल मिष्टर एण्ड मिस युनिभर्सल २०१९’ सहभागीता जनाउने आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् ।
    प्रतियोगितामा पुर्व मिस नेपाल सुगारिका केसी, मिष्टर नेपाल २०१८ बिकल्प राज श्रेष्ठ, मिस राजधानी २०१७ सर्मिला सापकोटा र प्रविना श्रेष्ठ लगायत निर्णायक रहेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij