Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ग्लाम नेपाल इन्टरनेशनल जुन २ मा


  • आइतबार, जेष्ठ ५ २०७६

  • ग्लाम नेपाल इन्टरनेशनल जुन २ मा

    ढाका टोपी र गुन्यु चोलीमा फेशन शो हुने

    कतिपय पहिरनका नाम मुलुक र ठाँंउसँंग जोडिने गर्छन । बनारसी साडी, पाकिस्तानी लेदर,राजस्थानी घाघँंर ,भारतिय सलवार कमीजजस्ता सयौ उदाहरणहरु छन पोशाकका जसले स्थान र मुलुकको पहिचान दिलाउने गर्छ । नेपालका पनि आफ्ै पहिरन र पहिचान छन जसले मुलुक चिनाउने गर्छन ।
    हिजो आज बदलिदो माहौलमा फेसनको रुपमा पनि फेरिएको छ, हिजो रोम र पेरिसमा आधुनिक पाश्चात्य पहिरनको परिचय बनेका फेसन शो हरु बिस्तारै बिस्तारै परम्परागत पहिरन र आफ्नो उत्पादनको परिचय दिने भावमा फैलिन थालेका छन ।
    यस्तै नेपालवाट धेरै पर सीड्नी शहरमा पनि एक युवा अभियन्ताले आफ्नो पहिचानलाई मुलुकको पहिरन मार्फत उजागर्ने प्रयास गरेका छन ।हाम्रा परम्परागत पोशाकहरु ढाका टोपी र गुन्यु चोलीको पहिरनमा सिड्नीमा फेशन शो को आयोजना हुन लागेको हो ।
    डिजिटल जेनेरेसनको प्रस्तुतीका रुपमा आगामी जुन २ तारिखका दिन सिड्नीमा ग्लाम नेपाल इन्टरनेशनल नामक इभेन्टको आयोजना गर्न लागेको यसका संन्चालक दिपक ज्ञवालीले बताए । नेपाली ढाका र यसवाट निर्मित पोशाकहरु अत्यन्तै उत्कृष्ट र राम्रा छन,यसवाट बनेको पहिरनहरुले राम्रो बजार पाउन सकिरहेको छैन, हामीले यस शो मार्फत नेपालमा हाम्रै डिजाइनरले निमार्ण गरेका पहिरनलाई पश्चिमी बजारमा पनि लोकप्रीय बनाउन सकिन्छ भन्ने ध्येय बोकेर ग्लाम नेपाल इन्टरनेशनलको आयोजना गर्न लागेका हौ, ग्लाम नेपालका आयोजक दिपक ज्ञवालीले बताए । हाम्रा डिजाइनरले बनाएका उत्कृष्ट पहिरनहरुले अन्तराष्ट्रिय बजार पाउन सकिरहेका छैनन,त्यसैले पनि यस्ता कार्यक्रम र फेशन शो हरु हाम्रा लागि आवश्यक छ,ज्ञवालीले आयोजनाका बिषयबस्तुमा स्पष्ट पारे । जुन दुइमा सोफीटेलमा आयोजना हुने कार्यक्रममा नेपालवाट केहि चर्चित मोडलहरु अस्ट्रेलिया आउने छन भने बाँंकी स्थानिय मोडलहरुले रयाम्पमा आफ्नो भुमिका निर्वाह गर्ने कुरा यस कार्यक्रमकी सहयोगी उषा किरण बारिया पोखरेलले बताइन ।
    कार्यक्रमको नाममा कार्यक्रम गर्ने नभइ एउटा महत्वपुर्ण उद्देस्य बोकेर आयोजना हुन लागेकोले आफुले ग्लाम नेपाल इन्टरनेशनलमा सहयोगीको भुमिका निर्वाह गरेको पोखरेलको भनाइ थियो । कार्यक्रममा नेपालवाट एना शर्मा, सबिता कार्की, निती शाह र म्यान हन्ट इन्टरनेशनलका विजेता विवेश श्रेष्ठको पनि सहभागिता रहने आयोजक दिपक ज्ञवालीले बताए । मोडलहरुलाई नेपाली शैलीको पोशाकमा श्रृगार्ने जिम्मा भने चर्चित डिजाइनरहरु युबि थापा, मनिष राई र मुक्ता श्रेष्ठले पाएका छन् । उनीहरुले नेपाली र विदेशी फेब्रिक प्रयोग गरेर नेपाली शैलीको २०र२० वटा पोशाक डिजाइन गरेका छन् ।

    कार्यक्रमलाई कडेंल कन्सलटेन्सीले मुख्य प्रायोजनको भुमिका निर्वाह गरेको छ भने अन्य बिभिन्न संघ संस्थाले सहयोग गरेको ज्ञवालीले सुनाए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij