Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चर्चित कोरियोग्राफर अश्विनीले जिते ‘हिरो अफ मधेस’ अवार्ड


  • सोमबार, बैशाख ३० २०७६

  • चर्चित कोरियोग्राफर अश्विनीले जिते ‘हिरो अफ मधेस’ अवार्ड

     

    काठमाडौं – मोडल तथा कोरियोग्राफर अश्विनी झाले ‘हिरो अफ मधेस’ अवार्ड प्राप्त गरेका छन् । मधेसी पत्रकार समाजले हालै राजधानीमा आयोजना गरेको ‘हन्ड्रेड हिरो अफ मधेस’ कार्यक्रममा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
    पुर्व प्रधामन्त्री तथा ने.क.पा.का अध्यक्ष पूष्प कमल दाहाल (प्रचण्ड)को हातबाट अवार्ड प्राप्त गरेका थिए । नेपाल सरकार मन्त्री परिषदका पुर्व अध्यक्ष तथा पुर्व न्यायधिस खिलप्रसाद रेग्मी बिषेश अतिथि रहेको कार्यक्रममा झाले ‘कला तथा फेसन बिधा’बाट अवार्ड पाएका हुन् ।
    अवार्डले आफुलाई अझ काम प्रति लगानशिल भएर लाग्न प्रेरणा मिलेको झाले बताए ।
    राजनीति, युवा नेता, समाजसेवा, राजनीतिक नेता, स्थानिय संस्कृती लगायत करिब दर्जन बिधामा अवार्ड प्रदान गरिएको कार्यक्रममा शास्त्रिय संगीत तर्फ गुरुदेव कामद, सिताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली), महिला आयोगकी अध्यक्ष मोहना अंसारी, स्वतन्त्र सांसद हृदेस त्रिपाटी, नेकपा सांसद प्रभु शाह, पुर्व मन्त्री तथा राजपाका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो लगायत थुप्रै अवार्ड प्राप्त गरेका थिए ।
    तराई मधेसमा जन्मिएर सोही क्षेत्रलाई कार्यक्षेत्र बनाएका वा अन्य क्षेत्रमा रहेर पनि बिभिन्न महत्वपुर्ण कार्य गर्ने ब्यक्तिहरुलाई समेटेर अवार्ड प्रदान गरिएको थियो ।
    पत्रकार समाजल केही पहिले देशभरबाट हिरो हुन योग्य एकसय ब्यक्तिहरुका लागि आवेदन आवहान गरेको थियो । सोही अनुसार देशभरबाट प्राप्त आवेदनलाई निणार्यक तथा भोटिङको आधारमा ‘हिरो अफ मधेस’ छानिएको आयोजकले कार्यक्रममा जानकारी दियो ।
    अश्विनी झा नेपालका राम्रो तथा निकै ब्यस्त अन्तराष्ट्रिय स्तरका कोरियोग्राफर हुन् । भारतिय थुप्रै सौदर्य प्रतियोगिताको कोरियोग्राफी गरेको अनुभव समेत उनीसँग छ । नेपाली तथा भारतीय शो हरुमा शास्त्रिय तथा भजनहरुलाई फेसन शोमा प्रयोग गर्ने उनी पहिलो ब्यक्ति हुन् । नेपाली तथा भारतीय फेसन शोमा उनले गरेको यो प्रयोगको धेरैले तारिफ गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij