Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रतिष्ठानको अध्यक्षमा सुजाता, महासचिबमा रोसी


  • शुक्रबार, बैशाख २० २०७६

  • प्रतिष्ठानको अध्यक्षमा सुजाता, महासचिबमा रोसी

    अष्ट्रेलियामा नेपाली कला संस्कृति तथा साहित्यलाई जिबन्त राख्दै आएको नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको साधारण सभाले पुन एक कार्यकालको लागि सुजाता बस्नेतको अध्यक्षमा नया कार्यसमिती चयन गरेको छ। संस्थाका स्थापनाकाल देखि सक्रिय सबै स्रष्टाहरुको सहभागितामा सम्पन्न साधारण सभाले आगामी कार्यकालको लागि पुन सुजाता बस्नेतलाई अध्यक्ष निर्बा्चित गरेको छ भनेउपाध्यक्षहरुमा साहित्यतर्फ राजेश्वर घिमिरे,कला तर्फ सन्जिब बस्नेत, माहसचिबमा सिमा रोसी, सचिबमा संगिता बस्नेत, कोषाध्यक्ष ज्वाला बिष्ट, सहकोषाध्यक्ष भुषण रोक्का चयन भएका छन ।
    यसै गरि संस्थाको कार्यकारी सदस्यहरुमा कुमारी गुरुङ, सपना भुषाल, सन्त शाक्य, दिलु केसी, रमण रेग्मी, बिनोद कार्की, मन्जु गुरुङ्ग, जिना केसी र दिपेश जोशी रहेका छन । यसै गरि अन्य सदस्यहरुमा जीवन श्रेष्ठ, प्रकृति भट्टराई, भीमसेन गुरुङ र मनोरमा चौधरी छानिएका छन । संस्थाले प्रबक्ताको जिम्मेवारीमा रमेश बानियालाई तोकेको संस्थाकी नबनिर्बा्चित अध्यक्ष सुजाता बस्नेतले बताइन । हरेक बर्ष भानु जयन्ती लगायत नेपाल कला साहित्यका बिविध कार्यक्रम गर्दै आएको प्रतिष्ठानले गत महिना मात्र बहुसांस्कृतीक कार्यक्रमको आयोजना गरेर नेपालीको प्रतिष्ठा उचो पारेको थियो । हामीले बिदेशमा बसेर पनि मुलुकको भेष भुषा र कला साहित्य अनि संस्कृतीको जर्गेना गर्ने अभियानमा जुटेका छौ, नवर्निचित अध्यक्ष सुजाता बस्नेतले बताइन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij