Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चलचित्र “द ब्रेक अप” ले पैसा तिरेन,प्रहरीमा उजुरी


  • सोमबार, चैत्र १८ २०७५

  • चलचित्र “द ब्रेक अप” ले पैसा तिरेन,प्रहरीमा उजुरी



    सीड्नी – सीड्नीमा चलचित्र शुटिङ गरी नेपाल फर्केर चलचित्र प्रर्दशन गरेको चलचित्र “द ब्रेक अप “ले सीड्नीको छांयाकनको दौरान लागेको खर्च समेत नदिएको भन्दै सबिन ज्ञवाली कम्पनीले उजुरी दिएको छ ।
    चलचित्र निमार्ताहरु लगायत बीसी मोसन पीक्चर्सका हेमराज बीसीसँंग करार संझौता गरी चलचित्रको छायांकन र प्राविधिक जिम्मा लिएको सविन ज्ञवाली कम्पनीले सबै जिम्मेबारी पुरा गरेपनि नेपाल फर्केर संझौता रकम नदिएको आरोप लगाएको छ । हामीले अस्ट्रेलियाका प्राविधिक र क्यामेरा लगायतको खर्चका बिषयमा प्रारम्भमै करारा संझौता गरेपनि चलचित्र प्रर्दशनमा आउँंदा मसेत भुत्तलानी नदिएपछि मुद्दाको उठान गर्नु परेको सविन ज्ञवालीले बताएका छन । हामीले चलचित्र बिकास बोर्डलाई समेत चलचित्र छायांकनको रकम भुक्तानी नगरेका कारण चलचित्र रोकीदिन आग्रह गरेपनि त्यो कानुनत नमिल्ने हुनाले चलचित्र प्रदर्शनमा आएको सविन ज्ञवाली कम्पनीले जनाएको छ ।

    हामीले चलचित्रको प्राविधिक खर्च वापन १७ हजार चार सय ७४ डलर लिन बाँकी रहेको छ । चलचित्रका निमार्ताहरुले काठमाडौ पुग्ने बित्तीकै पठाइदिने बाचा बन्धन गरेपनि हाल सम्म पनि नपठाएपछि हामीले बाध्य भएर मिडियाको ढोका र कानुनको दायरामा अगाडि बढन लागेका हौ, सविनले सुनाए । सविनले आफ्नो लगानी उठाइदिन काठमाडौ जिल्ला प्रहरी कार्यालय काठमाडौलाई समेतमा उजुरी दिएका छन । उनले भनेका छन द ब्रेक अप चलचित्रले संझौता अनुरुप पैसा नतिरेको र अस्ट्रेलिया जस्तो ठाउमा भएको खर्च समेत समयमा नदिदा यहा आफ्नो कम्पनीले बिभिन्न समस्या झेल्नु परेको समेत ज्ञवालीले प्रहरीको उजुरीमा उल्ल्ेख गरेका छन । यस चलचित्रको निमार्णमा रेणु राणा, दिपक खतिवडा,रुपक थापा, रोहित अधिकारी फील्मस र बीसी मोसन पीक्चर्स सम्मीलित रहेको ज्ञवालीले उजुरीमा उल्ल्ेख गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij