Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नयाको रोमान्चक क्रुज पार्टी शनिबार


  • बिहिबार, चैत्र ७ २०७५

  • नयाको रोमान्चक क्रुज पार्टी शनिबार

    नेपाल अस्ट्रेलियन युथ एशोसिएसन(नया)ले अरेक बर्ष समाजिक कार्यको लागि आयोजना गर्दै आएको नया क्रुज पार्टी यस पटक पनि यही आउदो मार्च २३ का दिन शनिबार आयोजना गर्ने भएको छ । अस्ट्रेलियाका युवा जमातलाई नेतृत्व गर्दै अगाडि बढेको नयाले यस पटक सामाजिक सदभाव र युवालाई सचेतना भन्ने मुल नाराका साथ सहयोगी क्रुज अभीयानलाई निरन्तरता दिएको हो ।
    प्रवासमा आपसी भाइचारको कायम गर्ने र खेलकुदको माध्यमवाट मुलुक चिनाउने लक्ष्यका साथ सामाजिक सहयोग गर्ने उद्देस्यका साथ यस पटकको क्रुज पार्टी आयोजना गरिएको नयाका अध्यक्ष प्रकाश खरेलले बताए । हाम्रो उदेस्य प्रष्ट छ, यस कार्यक्रमवाट उठेको रकम युवाहरुको शिपमुलक तालिम लगायत समाजिक कार्यक्रममा खर्चने हो,त्यसैले पनि अस्ट्रेलियामा नयाले आयोजना गरेको कार्यक्रमहरुलाई सबैले माया गरिदिनुभएको छ , अध्यक्ष प्रकाश खरेलले बताए
    खरेलले २१ औ शताप्दीको खेलकुद पर्यटनको आधार पनि बनिसकेको अवस्थामा यस पटक हाम्रो खेलकुद र सामािजक कार्यलाई सहयोग पुरयाउने क्रुन पार्टीको मुख्य उद्देस्य बोकेको बताए । यसअघि नयाले नेपालको शिक्षा र स्वास्थमा सहयोग गर्न क्रुज पार्टीवाट उठेको रकम खर्चेको थियो ।


    यस पटक नयाको यस अभियानलाई सीडनीको ग्लोबल कन्सल्टले मुख्य प्रायोजकको रुपमा आफुलाई उभ्याएको छ भने इन्द्रेणी फङ्सन सेन्टर इन्द्रेणी क्याफेले सहयोगीको भुमिका निर्वाह गरेका छन । ग्लोबल कन्सल्टका निर्देशक दिपक क्षेत्रीले युवाहरुको लोकप्रीय संस्थाले सामाजिक अभिप्रायले आयोजना गरिएको क्रुज पार्टीलाई प्रायोजकका रुपमा सहयोग गर्न पाउँंद्या खुसी लागेको बताए । अर्का प्रायोजक सीड्नीको चर्चित कार्यक्रमस्थल इन्द्रेणी फङसन सेन्टरका प्रमुख लक्ष्मण सापकोटाले कार्यक्रमको उद्देस्य र महत्व फरक भएकाले पनि यस्ता क्रुज पार्टीहरुले समाजलाई जोडने काम गरेको बताए । नयाका महासचिब प्रकाश अर्यालले युवाहरुको संगठनका रुपमा चिनिएको नयाले यस परोपकारी कार्यक्रमवाट बचेको रकम उनिहरुको सहयोग र सदभाव अनि सहयोगमा खर्च गर्ने योजना रहेको सुनाए ।
    सीडनीमा रहेका युवाहरुको लोकप्रीय संस्था नयाले यसअघि कोमल पाठकको नेतृत्वमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खडकालाई अस्ट्रेलिया बोलाएर सहयोग र सम्मान समेत गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij