Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दिप गुरुङको मौलीक गीत ‘सिरानचोके चेली’ सार्वजनिक (भिडियोसहित)


  • मंगलबार, चैत्र ५ २०७५

  • दिप गुरुङको मौलीक गीत ‘सिरानचोके चेली’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं – नृत्य निर्देशक दिप गुरुङको प्रस्तुतीमा ‘सिरानचोके चेली’ वोलको मौलीकगीत सार्वजनिक भएको छ।
    मौलीक गीत ‘सिरानचोके चेली’मा कौडा किङ सर्जक तथा गायक गणेश गुरुङ र गायिका दुर्गा परियारको सुमधुर स्वर रहेको छ ।
    गीतको शब्द पनि गायक गणेश गुरुङ र निर्देशक दिप गुरुङको रहेको छ । जसलाई पवन वाङले संगीत संयोजन गरेका छन् ।
    ‘सिरानचोके चेली’ गीतको म्युजिक भिडियोतर्फ निर्देशक दिप गुरुङको निर्देशन र आशुतोष ऐडीको सह–निर्देशनमा निर्माण भएको छ । जसमा मनोज थापा मगर, लक्ष्मी गुरुङ, पार्वती गुरुङ, ववितागुरुङ, सुमित्रा गुरुङ, उवा मगर र पश्चिमान्चल सांस्कृतिक ग्रपको दमदार नृत्य तथा अभिनय रहेको छ ।
    मौलीक गीत ‘सिरानचोके चेली’ म्युजिक भिडियोलाई शम्भू चालीसेले छायांकन गरेका हुन् भने सुजन शाहीले यसको सम्पादन गरेका हुन् ।
    गीतमा गोरखा जिल्लाको सुन्दर नगरि तथा पर्याटकीय क्षेत्र सिरानचोकको सेरोफेरोको वर्णन गरिएको छ । उक्त गीत तथा म्युजिक भिडियोलाई श्रीनाथ मण्डली नेपाल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
    केही समयअघि नृत्य निर्देशक दिप गुरुङले आफ्नै प्रस्तुतीमा मौलीक कौडा गीत‘सिरानचोकको सेरोफेरो’सार्वजनिक गरेका थिए । गीतलाई दर्शक तथा स्रोताले निकै मन पराएका थिए ।
    उक्त गीतलाई पनि कौडा किङ सर्जक तथा गायक गणेश गुरुङले शब्द तथा लय भरेका थिए भने गायक गणेश गुरुङ र सन्तोष थापा मगरले स्वर भरेका थिए ।
    गुरुङ संस्कृतिमा आधारित उक्त‘सिरानचोकको सेरोफेरो’को भिडियो पनि दिप गुरुङको निर्देशनमा तयार भएको थियो ।

    https://youtu.be/TcI3RUxMUQU

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij