Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चलचित्र दालभात तरकारीको शिर्ष गीत सार्वजनिक


  • शुक्रबार, चैत्र १ २०७५

  • चलचित्र दालभात तरकारीको शिर्ष गीत सार्वजनिक

    काठमाडौं – चलचित्र ‘दालभात तरकारी’ को नयाँ गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै ‘दालभात तरकारी’ बोलको नयाँ गीत सार्वजनिक गरेको हो । लोक शैलीमा तयार भएको गीतमा हरिबंश आचार्यको शब्द तथा शम्भुजित बास्कोटाको संगीत छ । स्वर भने राजेशपायल राई र स्मिता दाहालले दिएका छन् ।
    प्रविन सिंहको कोरियोग्राफी रहेको गीतमा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्माको अभिनय देख्न सकिन्छ । कथा लेखन हरिवंश आर्चायको रहेको फिल्म महसञ्चारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका हुन् । फिल्मका निर्देशक सुदन केसी रहेका छन् ।
    रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरि पौडेल, यमन श्रेष्ठ निर्माता रहेको फिल्ममा दिर्घ गुरुङको छायाँकन र मित्र डी गुरुङको सम्पादन रहेको छ ।
    चलचित्रमा निरुता सिंह र हरिवंश आचार्य, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ । फिल्म वैशाख २० गतेदेखि रिलिज हुँदैछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij