Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

छोरीको जन्मदिनमा रङ्गशाला निर्माणमा धुर्मुस सुन्तलीको १ लाख आर्थिक सहयोग


  • बिहिबार, फाल्गुन ३० २०७५

  • छोरीको जन्मदिनमा रङ्गशाला निर्माणमा धुर्मुस सुन्तलीको १ लाख आर्थिक सहयोग

    काठमाडौं–चर्चित हाँस्यकलाकार तथा समाजसेवी द्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोगको घोषणा गरेका छन् । बिहिवार बिहान एक स्ट्याटस पोष्ट गर्दै धुर्मुस सुन्तलीले आफ्नो छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमाउक्त सहयोगको घोषणा गरेकाहुन् ।
    सुबिहानीको जन्मउत्सवको अवसरमाधुर्मुस सुन्तलीले कुनै बिशेष कार्यक्रमको आयोजनानगरी रङ्गशालानिर्माणलाई सहयोग गरेकाहुन् । ‘हाम्रीप्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमाहामीनिर्माणाधिन रङ्गशालाकालागी सहयोग गर्न चाहान्छौं’ उनले लेखेका छन् ‘हाम्रा हरेक बिशेष अवसरलाई यसरीनै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामाबन्ने छ ।’
    धुर्मुस सुन्तली छोरी जन्मिएको ८ महिना पछिनै निरन्तर सामाजिककाममा अघि बढेकाधुर्मुस सुन्तले आफ्नी छोरीसंग धेरै समय बिताउनपाएका छैनन् । तर यसपालिको छोरीको जन्मदिनमाभने पुरै दिन छोरीलाई समय दिने सुन्तलीको योजना छ । रङ्गशालाको बिशेषकामले चितवनपुगेकाधुर्मुस सुन्तलीबुधबार बेलुकीमात्र काठमाण्डौं फर्किएका छन् ।
    अहिले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’को फिल्डको कामभईरहेको छ । केही समयमै रङ्गशालाको डिपिआर र डिजाईनको काम सम्पन्नहुने धुर्मुस सुन्तली बताउछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij