Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चर्चित गायक दीपक बज्राचार्यको मन मगनमा झुम्यो भक्तपुर


  • आइतबार, फाल्गुन १२ २०७५

  • चर्चित गायक दीपक बज्राचार्यको मन मगनमा झुम्यो भक्तपुर

    काठमाडौं – चर्चित गायक दीपक बज्राचार्यको साथमा भक्तपुर संगितमय भएका छ। रश लाइट मिडियाको आयोजना भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा शनिवार भएको वृहत एकल गायन कार्यक्रम मार्फत बज्राचार्यले भक्तपुर तताएका छन् ।

    पछिल्लो समय निकै चर्चित र लोकप्रिय भएको बज्रचार्यको गीत ‘मन मगन‘’ लाई शीर्षक राखेर आयोजक संस्था रश लाइट मिडियाले ‘मन मगन यात्रा’ अन्तर्गत ‘मन मगन भक्तपुर–२०७५’ शीर्षकको एकल गायन कार्यक्रम आयोजना गरेको हो । ‘कला, संस्कृति र पर्यटन प्रवर्धनमा सङ्गीत’ भन्ने नारासहित आयोजना भएको उक्त साङ्गीतिक कार्यक्रममा गायक दीपक बज्राचार्यलाई उनको म्युजिकल ब्याण्ड रिदमले साथ दिएको थियो । सांगितिक कार्यक्रममा,गायक बज्राचार्यले मन मगन,सानी सानी,काली काली हिस्सी परेकी, मायाको डोरीले, ओ अमिरा, प्रीये सहित दर्जनौं गीत गाएर भक्तपुर झुमाए ।

    गायक तथा संगीतकार बज्राचार्य करिव साढे दुई दशकदेखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय रुपमा लाग्दै आएका छन् । । नेपाली कला र संस्कृतिलाई सङ्गीतको माध्यमबाट प्रवर्धन गरिरहेका गायक बज्राचार्यले आफ्नो सांगीतिक करियरको क्रममा दर्जनौं लोकप्रिय गीत–सङ्गीत नेपाली दर्शक तथा स्रोताका लागि पस्कीसकेका छन् । काली काली हिस्सी परेकी, मायाको डोरीले, ओ अमिरा, प्रीयेसहित उनका दर्जनौं गीत लोकप्रिय छन् ।

    पछिल्लो समय उनी आफ्ना नयाँ गीतका कारण पनि दर्शकमाझ अत्यन्त लोकप्रिय छन् । ‘मन मगन‘’ उनको पछिल्लो अत्यधिक सफल तथा लोकप्रिय गीत हो । मन मगन गीत तथा यसको म्युजिक भिडियो नेपालमात्र होइन, विदेशसम्म पनि उत्तिकै लोकप्रिय छ । उक्त गीतमा बजाइएका परम्परागत बाजा तथा भिडियोमा प्रस्तुत गरिएको परम्परागत कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमै रुचाइएको छ । त्यसैकारण गायक बज्राचार्यले उक्त गीतलाई विभिन्न भाषामा समेत गाएका छन् ।

    उक्त सांगितिक कार्यक्रम बज्रचार्यसँगै, गायक तथा संगितकार बसन्त सापकोटा ,मोडल तथा गायिका रमिता भण्डारी,,समिक्षा अधिकारी,रकराका,दाउत राई,कपिल कस्पाल लगाएतले आफ्ना प्रस्तुतीहरु पस्केका थिए । साथै बज्रडान्स मण्डलाले नेवारी कला र भेषभुषा सहितको कल्चरल डान्स प्रस्तुत गरेको थियो । हजारौं दर्शकहरुको उपस्थिति रहेको सांगेतिक कार्यक्रममा दर्शकहरुलाई मन मगन टिम सहित गायक गायिका साथै मोडलिङहरुले मनोरन्जन प्रदान गरेका थिए ।

    सोही कार्यक्रममा प्रमुख आकर्षकका रुपमा वल्र्ड बडी बिल्डिङ च्याम्पियन महेश्वर महर्जन रहेका थिए । समारोहमा आयोजक संस्था रश लाइट मिडियाले महेश्वरलाई अन्तर्राष्ट्रिय उपलब्धिका लागि सम्मान गरेको थियो । रश लाइटको तर्फबाट महर्जनलाई रोमन शिलाकारले नगद १ लाख,गौतम लामाले २५ हजार र श्री पलान्ञ्चोक भगवती फिक्स चिम्नी ईट्टा उद्योगले २५ हजार नगद सहित सम्मान गरेका थिए ।

    कार्यक्रममा फेसन शो अर्को आकर्षणका रुपमा रहेको थियो । फेसन शोमा सिनियर कोरियोग्राफर मोडल रमिता भण्डारीको कोरियोग्रँफीमा व्यवसायिक मोडलहरुले कल्चरल थिममा आधारित पहिरनहरु प्रदर्शन गरेका थिए । फेसन शोमा मोनिका,स्वयेता,प्रसिद्धि,फुरल्हमु शेर्पा,सृजना,क्यारोलीन र प्रतिभा ले फेशन शो गरेका थिए ।

    फेसन शोमा हेटौंडाको जय प्रकृति सिलाइ प्रशिक्षण केन्द्र तथा ललितपुरको लप्पा कलेक्सनले तयार पारेका पहिरनहरु प्रदर्शन भएका थिए भने ,प्रकृति सिलाइको तर्फबाट ड्रेस डिजाईनर मेनुका श्रेष्ठ र जोजोलप्पा कलेक्सनका तर्फबाट प्रतिमा महर्जनले गरेकी थिईन् ।

    मन मगन टुर भक्तपुरसँगै देशका प्रमुख शहरहरु सँगै अमेरिका तथा क्यानडाका प्रमुख शहरहरुमा समेत सञ्चालन गरिने रश लाइट मिडियाका अध्यक्ष रमिता भण्डारीले जानकारी दिईन । अध्यक्ष भण्डारीका अनुसार अमेरिका र क्यानडाको साङ्गीतिक कार्यक्रममा बज्राचार्य र रिदम ब्याण्डले संयुक्त रुपमा आफ्नो प्रस्तुती दिनेछन् । मन मगन टुर अन्य सहरमा प्रस्तुत गर्न आयोजक रश लाईटले तयारी चरणबद्ध रुपमा अगाडी बढाएको भण्डारको भनाई थियो।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij