Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चलचित्र कप्सको साईप्रसमा छायाँकन भएको गीत रिलिज


  • शुक्रबार, फाल्गुन १० २०७५

  • चलचित्र कप्सको साईप्रसमा छायाँकन भएको गीत रिलिज

    काठमाडौं–आगामी २७ बैशाखबाट देशव्यापी सिनेमा हलमा रिलिजको घोषणा सहित चलचित्र ‘कप्स’को पहिलो गीत ‘तिमी र म…’ को बिहिबार काठमाडौंमा एक समारोहबीच रिलिज गरियो ।
    बिजय घिमिरे र नितु गुरुङको स्वरमा रहेको यो गीतको शब्द र संगीत बिजय घिमिरेको हो । गीतलाई युरोपियन मुलुक साईप्रसको विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको हो । सुसन प्र्र्रजापतिले खिचेको यो गीतको भिडियोमा निकै आकर्षक बनेको छ ।
    यो रोमान्टिक गीतमा कप्सका अभिनेता अनुप बिक्रम शाही र अभिनेत्री सन्दिपा लिम्बुको रोमान्स समेटिएको छ । यसका निर्देशक सम्र्राट सापकोटाले गीतलाई भिजुअलको रुपमा सुन्दर बनाउन नै साईप्रस पुगेर त्यहाँको सुन्दर र ऐतिहाँसिक स्थलमा छायाँकन गरिएको गीत रिलिज कार्यक्रममा बताए ।
    बिपिन घिमिरेको सम्पादन रहेको कप्सको यो गीतको कोरियोग्र्र्र्र्र्राफी शिषिर खातीले गरेका हुन् । यो चलचित्रलाई सम्राट सापकोटा र राम शाक्यले सँयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई राम्रो बनाउन आफुले लगानीमा कुनै सम्झौता नगरेको निर्माता शाक्यले बताए ।
    यो फिल्ममा अनुपबिक्रम र संदीपासँगै अमित गिरी, राजाराम क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठसहितको अभिनय छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij