काठमाडौं– भारतीय चर्चित गायक सोनु निगमको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार गायक निगम अस्पताल भर्ना भएको तर उनको उपचार संलग्न चिकित्सक र उनको स्वास्थ्य अवस्थाबारे केही बेरमा मात्र जानकारी दिइनेछ ।
उनि आइतबार नेपाल आएका हुन् । आफ्नो एक म्युजिक भिडियो छायांकनको लागि पोखरा पुगेका निमगको स्वास्थयमा समस्या देखिएपछि काठमाडौं ल्याइएको हो । उनी आफ्नो पत्नी र छोरासहित नेपाल आएका हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
