Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मिसेस नेपाल टुरिजम २०१९ सम्पन्न


  • मंगलबार, माघ २२ २०७५

  • मिसेस नेपाल टुरिजम २०१९ सम्पन्न

    काठमाडौं– स्टार वन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा विवाहित महिलाबीच आयोजना गरेको सौन्दर्य प्रतियोगितामा छिरिङ्ग डोल्मा शेर्पा मिसेस नेपाल टुरिजम २०१९ को ताज चुमेकी छन्। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिसेस नेपाल टुरिजम २०१९ मा बौद्ध, फुलबारीकी छिरिङ्ग मिसेस नेपाल टुरिजमका साथमा बेस्ट हेयर उपाधि विजेतासमेत भएकी छिन्। उनी शिक्षीक हुन्।
    प्रतियोगितामा दमककी शिक्षिका संगीता खड्का पौडेल फस्ट रनर्सअपका साथ मोस्ट ट्यालेन्ट, एक फाइनान्स कम्पनीको मेनेजिङ डाईरेक्टर रहेकी महाराजगञ्जकी इन्दिरा लामिछाने सेकेन्ड रनर्सअप बेस्ट पर्सनालिटी, फाइनान्स अफिसर रहेकी कलंकीकी मुक्ता सेडाई थर्ड रनर्सअप र वेष्ट स्कीनकी विजेता भइन्। त्यसै गरी महाराजगञ्जकी प्रोजेक्ट इन्जिनियर संगीता गौतम पब्लिक च्वाईसका साथमा भिवर्स च्वाईस र फेसबूक च्वाईस भइन् भने रोशनी अयर युट्युब वेष्ट भ्युज र मष्ट फोटोजेनिक, नम्रता लामिछाने बेस्ट ¥यामवक, सबिता थापा गिरी, बेस्ट कन्जीनियलिटी, कर्सन राई मष्ट गर्जियस, र समिक्षा लामिछाने मिसेस व्युटिफुल भए ।
    कोरियोग्राफर अश्विनी झाको सञ्चालन र कोरियोग्राफीमा भएको प्रतियोगितामा मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८ तथा मिसेस नेपाल इन्टरनेशनल २०१८, अभिनेता गजित विष्ट, अभिनेत्री अरुणा कार्की, पेन्टागन कलेजका डाइरेक्टर डा. एसपी सिंह र सञ्चारकर्मी विकास थपलिया निर्णायक रहेका थिए । प्रतियोगिता पूजा निरौलाको आयोजना र बालकृष्ण पोखरेलको निर्देशनमा सम्पन्न भएको थियो। कार्यक्रम पूर्व प्रधानमन्त्री खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij