Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चलचित्र बद्री बहादुरबाट राजिबजंग बस्नेत डेब्यु गर्दै


  • बुधबार, माघ १६ २०७५

  • चलचित्र बद्री बहादुरबाट राजिबजंग बस्नेत डेब्यु गर्दै

    काठमाडौं– शोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘बद्री बहादुर’को यति बेला छायांकन भै रहेको छ ।यसै चलचित्र बाट नेपाली रजतपटमा राजिब जङ बस्नेतले नायकको रुपमा डेब्यु गर्दैछन्।
    राजिब जङ बस्नेत चलचित्र ‘बद्री बहादुरु बाट रजतपटमा डेब्यु गर्न करिब छ महिना कडा मेहेनेत गरेका छन् ।चलचित्रमा आफ्नो भूमिकामा फिट हुन राजिबले कडा तयारी गरेका हुन् ।
    तेक्वान्दोको ५ औं डन समेत रहेका राजिबले २०१४ मा कोरीयामा सम्पन्न तेक्वान्दोमा ४२ राष्ट्रलाई पछि पर्दै बिजेता बनेर ईन्टरनेशनल स्टार बनेको थिए । राजिबले ईन्टरनेशनल मास्टर टाईटल पनि पाएका थिए ।
    सानै देखि चलचित्रमा अभिनय गर्ने रहर बोकेका राजिबले चलचित्रम क्षेत्रमा जम्नको लागि तयारीका साथ ‘बद्री बहादुर’ डेब्यु गर्न लागेका हुन् ।यति बेला उनले अभिनय गर्ने चलचित्रको छायांकन चलिरहदा निर्देशक शोभित बस्नेतले राजिब एकुता राम्रो कलाकार भन्ने पक्का भएको बताए ।
    सञ्चारकर्मी रवि अधिकारीको लगानी ‘बद्री बहादुर’ ए बि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानर विजय गोपाल दलि प्रस्तुतकर्ता रहने चलचित्रमा मिथुन भोटे कार्यकारी निर्माता हुन् ।
    कमेडी जनराको चलचित्र ‘बद्री बहादुर’मा छुल्ठिम गुरुङ ,जय किसन बस्नेत,धिरेन शाक्य, शोभित बस्नेत ,लय संगौला ,एलिना रायमाझी,उत्तम केसी,अन्जु केसी , वर्षा चौलागाईं , पुरन थापा, राम गौतम , मनोज केसी ,उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहने छ ।यस चलचित्र बाट राजिब जङ बस्नेत सगै एलिना गुरुङ नेपाली रजतपटमा डेब्यु गर्दैछन्। चलचित्रमा नायिका पुजा शर्मा र सलोन बस्नेतको बिशेष भूमिका रहने छ ।
    चलचित्रमा रामकाजी घिमिरेको लेखन रहेको छ भने शिब बिकको नृत्य निर्देशन रहनेछ । चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत रहने छ भने शंकर महर्जनको द्धन्द रहनेछ । ‘बद्री बहादुर’ मा बिनोद सापकोटाले छायांकन तथा समिर मिया सम्पादन रहने छ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij