Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रेमलिलाकी नायिकाले लगाईन निर्देशकमाथि आर्थिक हिनामिनाको आरोप


  • शुक्रबार, माघ ११ २०७५

  • प्रेमलिलाकी नायिकाले लगाईन निर्देशकमाथि आर्थिक हिनामिनाको आरोप

    काठमाडौं–फागुन १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ’प्रेमलीला’ की नायिका दिपशिखा खड्काले फिल्मका निर्देशक जनक पाण्डेलाई गम्भिर आरोप लगाएकी छिन् । उनले फिल्मको आधा छायाँकन सकिन लाग्दा फिल्म छायाँकन सेट छोडेर हिँडेका निर्देशक पाण्डेले आर्थिक हिनामिना गरेको आरोप लगाएकी हुन् । नायिका खड्काले सामाजिक संजाल फेसबुकमा स्टाटस पोस्ट गर्दै फिल्ममा लागानी समेत गर्ने सर्तमा पाण्डे निर्देशक बनेको र छायाँकनको समयमा पैसा निकाल्न नसकी आफुसँग लिएको पैसाको समेत हिसाब–किताब देखाउन नसकेर भागेको बताएकी ििछन्् । स्टाटसमा उनले भनेकी छिन्– मैले बारम्बार फोन सम्पर्क गरे, फेसबुकमा म्यासेज गरे कुनै जवाफ आएन त्यसपछी रिसले गाली गरेर म्यासेज गरे, पुलिस केस गर्ने धम्कीदिए तर पनि केही सिप लागेन’ । निर्देशक पाण्डेले आफुलाई धोका दिएको कारण आफुले सुन र गाडी समेत बेच्न परेको गुनासो पोख्दै नायिका खड्काले निर्देशक पाण्डेकी श्रीमती बिष्णु चापागाई पाण्डेबाट आफुलाई विभिन्न अपशब्द सहितका म्यासेज आएको र आफुले मानसिक तनाब भोग्नु परेको बताएकी छिन्् ।
    पछिल्लो समय सार्वजनिक फिल्मसँग सम्बन्धित सामाग्रीहरुमा समेत निर्देशकको नाम हटाईएको छ । ‘जसले फिल्मको छायाँकन नै पुरा गरेको छैन् उसलाई निर्देशक भनेर मेरो फिल्ममा राखिरहनुको कुनै औचित्य छैन त्यसैले मैले नाम हटाएको हुँ’, नायिका खड्काले भनिन् । निर्देशक पाण्डेका बिरुद्ध आफुले निर्माता संघ र निर्देशक संघमा निवेदन दिएको समेत खड्काले बताइन् । ‘आशा छ म एक महिला भएर नेपाली फिल्म क्षेत्रमा केहि गर्छु भन्ने सोच सहितआएको मान्छेलाई निवेदनको आधारमा सम्बन्धित संस्थाले न्याय दिलाइ दिनुहुनेछ’, नायिका खड्काले भनिन् । अब फिल्मकी नायिका र निर्देशक बिचको मनमुटावले कुन रुप लिन्छ त्यो भने हेर्न बाँकी छ ।

    फिल्ममा नायिका खड्कासँगै अलिखान, मौसम खड्कालगायतको अभिनय रहेको छ। प्रेमकथामा आधारित फिल्मको कथा, पटकथा र संवाद समेत नायिका खड्काले नै लेखिकीहुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij