Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शोभित बस्नेतको निर्देशनमा चलचित्र ‘बद्री बहादुर’ निर्माण हुने


  • बुधबार, माघ ९ २०७५

  • शोभित बस्नेतको निर्देशनमा चलचित्र ‘बद्री बहादुर’ निर्माण हुने
    काठमाडौँ-निर्देशक शोभित बस्नेतको निर्देशनमा चलचित्र ‘बद्री बहादुर’ निर्माण हुने भएको छ । यहि माघ ११  बाट छायांकन सुरु हुन लागेको चलचित्र ‘बद्री बहादुर’लाई संचारकर्मी रबि अधिकारीले निर्माण गर्न लागेका हुन् । 
     
    ए बि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानर  करिब  एक करोडको लगानीमा निर्माण हुन लागेको यस चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दलि हुन् भने  मिथुन भोटे कार्यकारी निर्माता हुन् ।
    चलचित्र ‘बद्री बहादुर’मा छुल्ठिम गुरुङ ,जय किसन बस्नेत,धिरेन शाक्य,  शोभित बस्नेत ,लय संगौला ,एलिना रायमाझी,उत्तम केसी,अन्जु केसी , वर्षा चौलागाईं , पुरन थापा, राम गौतम , मनोज केसी ,उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहने छ ।यस चलचित्र बाट राजिब जङ बस्नेत र एलिना गुरुङ नेपाली रजतपटमा डेब्यु गर्दैछन्। चलचित्रमा नायिका पुजा शर्मा र सलोन बस्नेतको बिशेष भूमिका रहने छ ।
    चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत ,रामकाजी घिमिरे लेखन,शिब बिकको नूत्य निर्देशन , शंकर महर्जनको द्वन्द रहने छ ।चलचित्रमा रामजी राउत र ज्ञान कुमार मुख्य सहायक निर्देशन रहने छ । ‘बद्री बहादुर’ मा  बिनोद सापकोटाले छायांकन तथा समिर मिया सम्पादन रहने छ ।
    चलचित्र लमजुङ्ग,काठमाडाैं ,धरानर संखुवासभाको विभिन्न ठाउमा छायांकन गरिने छ।कमेडी चलचित्र ‘बद्री बहादुर’लाई तीजमा रिलिज गरिने निर्देशन बस्नेतले जानकारी दिएका छन् 

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij