Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

`थोरै माया म दिउला´ सार्वजनिक ( भिडियो सहित )


  • आइतबार, माघ ६ २०७५

  • `थोरै माया म दिउला´ सार्वजनिक ( भिडियो सहित )

    काठमाडौं -बिबाहको तयारीमा रहेका जोडी नायक आयुष्मान देश्राज जोशी र नायिका प्रियंका कार्की अभिनित नया गीत ` थोरै माया म दिउला  ´  को म्युजिक भिडियो सार्वजनिक भएको छ  । सार्वजनिक यस गीतमा दिपक राज पाण्डे र गायिका मेलिना राईको सुमधुर आवाज रहेको छ भने गीतमा शक्ति छेत्रीको एकल शब्द रचनामा संगीतकार राजन राज सिवाकोटीको संगीत रहेको छ र यस गीतमा साहस शाक्यको एरेन्ज रहेको छ  ।

    सिनेमाटोग्राफर नवराज उप्रेतीले खिचेको अनि सुरेन्द्र बसेल र सुबोल थापाको कोरियोग्राफी रहेको यस गीतको म्युजिक भिडियोमा प्रियंका र आयुष्मानको जोडी निकै आकर्षण देखिएको छ  । संचारकर्मी तथा चलचित्र `सुश्री सम्पति  ´का डेब्यु निर्देशक र म्युजिक भिडियो निर्देशनमा अब्बल निर्देशक सुब्रतराज आचार्यले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोलाइ नबिन निरौलाले सम्पादन गरेका छन   ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij