काठमाडौं- कवि रमी श्रेष्ठले आफ्ना कविता मार्फत दर्शकको जितेकी छिन् । कवितालाई कलाकारले अभियन मार्फत प्रस्तुत गर्ने ‘काब्यांकुर’को पाँचौं सृँखलामा कवि रमी श्रेष्ठ मञ्चम आईतबार साँझ उत्रिएकी थिईन् । उनले एक घन्टाको बसाईमा आफ्ना नौ ओटा कविता बाचन गर्दा उनका कवितालाई विभिन्न कलाकारले अभिनय मार्फत मञ्चमा पस्किए । कलाकारको अभिनयले कविताको भावलाई झर्लङ्ग पारेको थियो ।
उनले एकल कविता बाचनको सुरुवात ‘हामी मग्न हुने गर्छौैं’ कविताबाट गरेकी थिईन् । चाकडी र चाप्लुसीबाट टिका लगाएर उच्च अहोदामा पुग्दै देश बिगारेकाहरुमाथि यो कवितामा व्याँग्य गरिएको थियो । कार्यक्रममा उनले यो सहित नौ ओटा कविता बाचन गरिन् । ती नौ ओटै कवितालाई कलाकारहरुले मञ्चमा अभिनय मार्फत प्रस्तुत गरे ।
उनले प्रस्तुत गरेको ‘कथा ‘कथा छोटा लुगाको’ कविता निकै प्रभावशाली थियो । निर्मला पन्तको हत्यारालाई सरकारले पत्ता लगाउन नसेकेको बेला छोटा कपडा लगाएका कारण निर्मलाहरु बलात्कृत भएको भन्ने आरोपमा यो कविता केन्द्रित थियो । निर्माताको बलात्कार र हत्याको दृष्यलाई कलाकारले मञ्चमा उतार्दा दर्शकहरुको आँखा रसाएको थियो ।
अर्को शक्तिशाली कविता ‘फर्काईदेउ कोही’ मा बैदेशिक रोजगारीका क्रममा जेल परेर तथा विभिन्न समस्याले उतै अलपत्र पर्दा उसकी आमाले चिन्तालाई प्रस्ुतत गरिएको थियो । खाडी मुलुकमा अलपत्र छोरा छोरीको क्रन्दनलाई प्रस्तुत गरेको कवितासँगै कलाकारले अभिनयले दर्शकको आँखा रसाएको थियो ।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), श्री लुनकरणदास गंगादेबी चौधरी साहित्य कला मन्दिर र एम आर्ट थिएटरले हरेक महिनाको १५ दिनमा काठमाडौंका जमल स्थित नाचघरमा प्रस्तुति गर्ने कविता मञ्चन कार्यक्रम काब्यांकुरमा आईतबार नवोदित कवि रमी प्रस्तुत भएकी हुन् । तीन दशक देखि कविता लेख्दै आए पनि उनको यो एकल कविता बाचन कार्यक्रम थियो ।
कविता अग्नि वर्षमा २०४६ सालपछिको राजनीतिक तरँग, राजनीतिका आरोह अबरोहसँगै मुलुकमा गणतन्त्र आउँदासमेत शान्ति स्थापना हुन नसकी अग्नी वर्षाको अबस्था कायम रहेको उल्लेख थियो । कलाकारहरुले यो कवितामा कालखण्ड र राजनीतिक द्धन्द्धलाई सससक्त रुपमा मञ्चमा उतारेका थिए ।
अर्को कविता ‘आकार’मा कवि श्रेष्ठले तेस्रो लिँगीको पीडा प्रस्तुत गरेकी थिईन् । तेस्रो लिँगी भएका कारण समाजमा भोग्नु परेको समस्या र जिउँदै आत्महत्य गर्नु पर्ने अबस्थालाई कलाकारले नाट्य रुपान्तरण गरेका थिए ।
यी सबै कवितालाई मुख्य निर्देशक अभिनेता कलाकार बीरेन्द्र हमालले गरेका थिए । कविता निर्देशकका रुपमा ललिता घिमिरे, दीपक पन्त, बिक्रम बिकलगायत थिए ।
अर्को कविता ‘पुनर्मिलन’मा द्धन्द्ध पीडितहरुमाथि गणतन्त्र आगमन पछि पनि न्याय हुन नसकेको पीडा कवि श्रेष्ठले प्रस्तुत गरेकी थिईन् । यो कवितालाई कलाकारहरुले नाटकबाट अझ सार्थक तुल्याएका थिए ।
अर्को कविता ‘ओ कवि’ले सम्मान र पुरस्कारका लागि कविहरुले गर्ने चाड्कीलाई व्याँग्य गरेको थियो । समाजका पीडा र समस्या भन्दा चाकडीको कविता लेख्न कविहरु व्यस्त रहेको यसमा उल्लेख थियो । यस्तो अर्को कविता ‘मनहरु’मा मानिसको अनियन्त्रित मनले निम्त्याउने समस्यालाई प्रस्तुत गरिएको थियो ।
कवि एवम् पत्रकार फुलमान बलले कार्यक्रममा बाचित एबम् मञ्चित कविताबारे भने,‘मायाप्रेममा पछिल्ला कविता केन्द्रित भएका बेला रमीले सबै प्रकारका समस्यालाई विभिन्न बिम्बको प्रयोग गर्दै निकै राम्रा कविता लेख्नु भएको रहेछ ।’
अर्को कवि विश्वविमोहन श्रेष्ठले आफ्ना कवितामार्फत रमीले थोरै शब्दमा धेरैकुरा भन्न सफल भएको बताए । कवितालाई अभिनयमा हेर्दा आफु ती कविताबाट झनै प्रभावित भएको पनि उनले बताए । अभिनेता सरोज खनालले रमीको उत्कृष्ट कवितालाई आफ्नो संस्था माला आर्टका कलाकारहरुले अभिनयमा न्याय गरेको बताए ।
कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले तीन दशक देखि कविता लेखे पनि बाहिर नआएकी रमीका कविता निकै प्रभावशाली भएको बताए । सोहीकारण यसपटक उनलाई मञ्चमा उतारेका हौं भने । उनले कवितालाई सांस्कृतिक संस्थान र माला आर्टका कलाकारहरुले अभिनय मार्फत साँच्चै सजिब तुल्याएको बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
