काठमाडौं– लोक गायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । लामिछानेको शुक्रबार भक्तपुरस्थित उनकै निवासमा निधन भएको हो । ६६ वर्षको उमेरमा उनको निधन भएको हो ।
उनी लामो समयदेखि विभिन्न रोगबाट पीडित थिए । स्व.लमिछानेका घाँसै काट्ने खुर्केर लगायतका लोकगीतहरु चर्चित छन् । गायक लामिछाने प्यारालाइसिस, मृगौलालगायतका रोगबाट पीडित थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
