Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्राविधिक संघको अध्यक्षमा पुनः पुष्कर लामा निर्विरोध निर्वाचित


  • बिहिबार, पुष १२ २०७५

  • प्राविधिक संघको अध्यक्षमा  पुनः पुष्कर लामा निर्विरोध निर्वाचित

    काठमाडौं– चलचित्र प्राविधिक संघको अध्यक्ष पदमा पुनः पुष्कर लामा विजयी भएका छन् । बुधबार सम्पन्न संघको साधारण सभाबाट उनी अध्यक्ष पदमा निर्विरोध विजयी भएका हुन् । उनले यसअघि ३ बर्षे कार्यकाल सम्पन्न गरिसकेका थिए । उनको प्रत्याशीको रुपमा अरु प्राविधिकले उम्मेदवारी नदिएपछि उनी निर्विरोध भएका हुन् ।
    कोषाध्यक्ष पदमा पनि सुष्मा पौडेल निर्विरोध विजयी भएकी छिन् । यस्तै उपाध्यक्ष पदमा भने विनोद लामा र अर्जुन प्रसाद पोखरेल विजयी भएका छन् । यस्तै, संघको महासचिव पदमा शालिगराम दुलाल, सचिव पदमा दिव्यराज सुवेदी विजयी भएका छन् ।
    संघको सदस्य पदमा रामेश्वर कार्की, पिताम्बर पाण्डे, शोभा श्रेष्ठ, नवराज उप्रेती, देवराज गुरुङ, कृष्णबहादुर थापा, साहिल खान, दुर्गा प्रसाद पौडेल, सरोज वुढाथोकी, कमलप्रसाद मिश्र र माधव प्रसाद थपलिया विजयी भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij