Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चलचित्र ‘कोपिला’ को शुभ मुहुर्त


  • आइतबार, पुष ८ २०७५

  • चलचित्र ‘कोपिला’ को शुभ मुहुर्त

    काठमाडौं– चलचित्र ‘कोपिला’ को शुभ मुहुर्त गरिएको छ । शिवम अधिकारीको लेखन तथा निर्देशनमा बन्ने चलचित्रको आइतबार चितवनको हाकिमचोकमा रहेको मलिका मन्दिरमा मुहुर्त गरिएको हो । मुहुर्त कार्यक्रममा उद्धयोग वाणिज्य संघ चितवनका अध्यक्ष सहललाल प्रदान प्रमुख अतिथी रहेका थिए ।शु भ मुहुर्त कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी ऋद्दीचरण श्रेष्ठले निर्देशन गरेका थिए भने उद्धयोग वाणिज्य संघ चितवनका अध्यक्ष प्रधानले क्ल्याप गरेका थिए ।
    समाजसेवी गेरेन्द्र मानन्धरले नरिवल फुटाई मुहुर्त गरिएको थियो । कार्यक्रममा कलाकारहरु सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलले मुहुर्त सट दिएका थिए । मुहुर्त कार्यक्रममा बोल्दाइ उद्धयोग वाणिज्य संघ चितवनका अध्यक्ष प्रधानले ‘कोपिला’ लाई सफलताको शुभकामना दिनु दिएका थिए । यस्तै निर्देशक तथा लेखक शिवम अधिकारीले ‘कोपिला’ हाम्रै गाउ समाजमा घट्ने घट्नामा आधारित चलचित्र रहेको बताए । चलचित्रका प्रस्तुतकर्ता गणेश गिरीले यस अघी निर्माण गरेको पञ्चायत जस्तै कोपिला पनि सामाजिक कथा बस्तुमा आधिरित रहेको स्पष्ट पारे ।
    गणेश गिरिको प्रस्तुती रहेको चलचित्र कोपिला लाई चितवनका युवा व्यवसायी करुणकर घिमिरे र चलचित्र पत्रकार मणिराज गौतमले निर्माण गर्नेछन । सुबासराज काफ्ले कार्यकारी निर्माता रहेको यस चलचित्रमा समिर मिया, रमेश्वर र मेनुका ढुंगाना सह निर्माताको रुपमा रहेका छन ।
    चलचित्रमा सरिता गिरी, गणेश गिरी, सन्जीवनी खरेल, ऋद्दीचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, प्रक्रिती खरेल, राखी क्षेत्री लगायतको अभिनय रहने छ । चलचित्रमा रमेश्वर कार्कीको छाँयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत रहने छ । चितवन आसपासमा छाँयाकन गरिने चलचित्र कोपिला करिब ८० लाख लगानी निर्माण हुने प्रस्तुतकर्ता गणेश गिरीले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij