Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शिक्षामा समर्पित


  • शुक्रबार, मंसिर १४ २०७५

  • शिक्षामा समर्पित

    भौगोलिक रुपमा विकट रहेको सुदुरपश्चिमका इन्जिनियर एम.वि. सिंह अहिले धनगढी इन्जिनियरिङ कलेज (नास्ट) मा उपप्रध्यापकको रुपमा कार्यरत रहेका छन् । सानोमा उनको सपना भनेको आफ्नै क्षेत्रमा भएको प्राकृतिक स्रोत र साधनको अध्ययन अनुसन्धान गरेर बाहिर ल्याउनु थियो । अध्ययनमा सानैदेखी तेज रहेका उनले एसएलसीमा राम्रो अंक ल्याएर पास गर्न सफल भए । उनको एसएलसीमा राम्रो अंक आएको कारण परिवारको चाहना अनुसार विज्ञान विषय अध्ययन गर्न काठमाडौं आए । काठमाडौंमा उनको परिवारका अन्य सदस्य कोहि पनि थिएनन् तर पनि उनले एक्लै काठमाडौंमा बसेर संघर्ष गर्दै अध्ययन गरे । उनको भित्री चाहना भनेको व्यवस्थापन अध्ययन गरेर सिए बन्नु थियो । तर परिवारको चाहना अनुसारको विषय अध्ययन गर्दा उनले आईएमा राम्रो गर्न सकेनन् । त्यहि बेला आफ्नो क्षेत्रमा इन्जिनियरिङ कलेज खुलेपछि सिंहले धनगढी इन्जिनियरिङ कलेजबाट कम्प्युटर इन्जिनियरिङ अध्ययन गरे । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएको यस कलेजबाट अहिले धेरै विद्यार्थीले अध्ययन पुरा गरेका छन् । उनी त्यस्ता भाग्यमानी हुन जसले आफुले अध्ययन गरेको कलेजमा नै अध्यापन गराउने अवसर पाए । उपप्रध्यापक सिंह युवा पुस्तालाई मेहनतका साथ अघि बढ्न आग्रह गर्दछन् । धनगढी इन्जिनियरिङ कलेज(नास्ट) लाई देशकै नमुना कलेजको रुपमा लैजान कलेजका सम्र्पुण टिम नै लागेको छ । सुदुरपश्चिममा पनि इन्जिनियरिङको राम्रो अध्ययन हुन्छ भन्ने प्रमाणित गर्न कलेज लागि रहेको छ । सुदुरपश्चिमको महेन्द्रनगरमा जन्मेका सिंहले बाल्यअवस्था भने दाङमा बिताए । त्यहाँ उनले कक्षा सातसम्मको अध्ययन गरे भने धनगढीबाट एसएलसी उर्तिण भएपछि काठमाडौंको अमृत साइन्स क्याम्पसबाट आईए पास गरेका सिंहले धनगढी इन्जिनियरिङ कलेजबाट व्याचलर इन कम्प्युटर इन्जिनियरिङ पुरा गर्दै कैलाली बहुमुखी कलेजबाट सिंहले फाइनान्सबाट एमए पुरा गरेका हुन ।
    आफुले अध्ययन गर्दा र अहिलेमा प्रविधिमा धेरै परिर्वतन आएको उनको अनुभव छ । हिजो विविध कठिनाईका विच अध्ययन गर्न परे पनि अहिले धेरै सजिलो भएको सिंह बताउँछन् । आज नेपालमा प्रविधिको क्षेत्रमा ठुलो क्रान्ति भएको छ । विद्युतिकरणसगैं देशका अधिकांश भागमा कम्प्युटर तथा इन्टरनेटको पहँुच पुग्दै गएको छ । नेपालमा कम्प्युटर इन्जिनियरहरुको भविष्य राम्रो देखिन्छ । नेपालमा प्राविधिकहरुको लागि राम्रो अवसरहरु सृजना भएका छन् ।
    आफ्नो कर्ममा विश्वास राख्ने र मेहनत गर्ने व्यक्ति जहिले पनि सफल हुँन्छन् भन्ने कुराका उदाहरण हुन सिंह । उनको कडा मेहनतको कारण नै आज उनी सम्मानित जीवन बाचिरहेका छन् । संघर्षबाट खारिएका सिंह हिजोको कठिन यात्राहरुलाई स्मरण गर्दछन् । दिनमा चार घण्टा मात्र सुतेर कठोर अध्ययन गरेकै कारण आज उनी सफल छन् । हरेक समस्याहरुको समाधान गर्दै सफलताको मार्गमा हिडिरहेका सिंह धेरैका लागि प्रेरणाका स्रोत हुन । भौगोलिक विकटता भएपनि आफ्नो कर्मलाई आत्मसाथ गर्दै संघर्ष गरेका सिंह सबै विद्यार्थीलाई मेहनत गर्न आग्रह गर्दछन् । आफ्नै परिचयबाट चिन्ह्र पनि विद्यार्थीलाई सल्लाह दिन्छन् । एउटै काममा निरन्तर मेहनतका साथ गरेको खण्डमा सफल भइने सिंह बताउँछन् । कुनै पनि क्षेत्र नराम्रो नभएको हुँदा त्यसमा आफुले कति काम गर्न सकिन्छ भन्ने कुराले सबै निर्धारण हुने सिंह बताउँछन् । आफ्नो लक्ष्यमा निरन्तर लाग्नु पर्ने उनको मान्यता छ । नेपालमा सैद्धान्तिक शिक्षालाई भन्दा पनि व्यवहारिक शिक्षामा जोड दिनु पर्ने आवश्यकता सिंहले देखेका छन् । व्यवहारिक शिक्षा भएको खण्डमा बेराजगारको समस्या हुने थिएन ।
    परिवारको साथ र सहयोगले आफ्नो कर्म क्षेत्रमा क्रियाशिल हुन सफल सिंह सरल, सहज र उर्जाशिल छन् । समयसगैं हुने प्रविधिको विकासलाई नजिकबाट बुझ्छन् । त्यहि अनुसार आफ्ना विद्यार्थीलाई पढाउने गर्दछन् । उनको सिक्ने क्रम निरन्तर चलिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij