Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बलात्कारी बाबुलाई २३ वर्ष कैद


  • शुक्रबार, मंसिर १४ २०७५

  • बलात्कारी बाबुलाई २३ वर्ष कैद

    सिन्धुपाल्चोक-जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ।

    जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले अभियुक्तबाट पीडितलाई रु ७० हजार क्षतिपूर्ति भराउनेसमेत फैसला गरेको श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए।

    दुई वर्षअघि श्रीमतीको मृत्यु भएका अभियुक्तले मादक पदार्थ सेवन गरी सुतिरहेकी छोरीलाई जबर्जस्ती करणी गरेका थिए।

    पटक पटकको करणीबाट गर्भवती भएपछि २०७४ साल साउन २६ गते बाह्रबिसे ‘ङ’ ले जाहेरी गरेकी थिइन्। जाहेरीपछि ४६ वर्षीय प्रतिवादी बाह्रबिसे ‘घ’ विरुद्ध २०७४ भदौ २० गते नाबालक हाडनाता र जबर्जस्ती करणीका तीन छुट्टाछुट्टै मुद्दा दर्ता भएको थियो।

    श्रेस्तेदार पौडेलका अनुसार साउनदेखि यता सम्बन्धविच्छेद र बलात्कार तथा बलात्कार प्रयास मुद्दामा वृद्धि भएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij